मतगणनाका मुचुल्का र मतपत्र झिकाउन सर्वोच्चको आदेश


प्रकाशित मिति : पुस १९, २०७४ बुधबार

सर्वोच्च अदालतले तनहुँको निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा मतगणनाका क्रममा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायतका कागजात झिकाउन आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज प्रदेश (क) मा निर्वाचनका समयमा प्रयोग भएका मुलुल्का र मतपत्र झिकाउने आदेश दिएको हो ।

यसअघि पुस ७ गतेको सुनुवाइमा आजका संवैधानिक इजलासले निर्वाचन आयोग र उम्मेदवार दुवैलाई छलफलका लागि बोलाएको थियो ।

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले तनहुँमा मतगणनाका क्रममा धाँधली भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । सो प्रदेशमा पौडेलका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार तथा विना विभागीय मन्त्री आशा कोइराला पाँच मतको अन्तरले विजयी हुनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी, धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभाका उम्मेदवार रामसिंह यादवले निर्वाचन आचार संहिताविपरीत धाँधलीपूर्ण तरिकाले निर्वाचनको दिन नै सञ्चारमाध्यममा प्रचार गराएको भन्ने मुद्दामा संवैधानिक इजलासले सञ्चारमाध्यममा प्रयोग भएको समाचार र विज्ञापन इजलासमा झिकाउन आदेश दिएको छ ।

यादवले धाँधलीपूर्ण तरिकाले मतदान भएको हुँदा सो क्षेत्रको निर्वाचन नै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । सो मुद्दाको सुनुवाइपछि आज यस्तो आदेश दिइएको हो ।
रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com