मध्यपश्चिममा महिला हराउने क्रम रोकिएन,एक वर्षमा ८ सय ३४ महिला हराए, ६७ जनाको उद्धार


प्रकाशित मिति : पुस १९, २०७४ बुधबार

-रुपा गहतराज-

नेपालगञ्ज । नेपालगञ्जमा दैनिकजसो महिला तथा बालबालिकाहरू हराएको भन्दै मानव बेचबिखनबिरुद्ध कार्यरत माईती नेपाल क्षेत्रीय कार्यालय खोजीका लागि निवेदन पर्ने गर्दछ । तर हराएको तुलनामा भेटिनेहरू संख्या न्यून छ ।

एक वर्षको अवधिमा नेपालगञ्ज नाका भएर भारत गएका मध्यपश्चिम क्षेत्रका साढे ७ सयभन्दा बढी नेपाली महिला सम्पर्कविहीन छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारत गएपछि हराएको भन्दै खोजीका लागि ८ सय ३४ उजुरी परेकामा ७ सय ६७ महिला अझै सम्पर्कमा आएका छैनन् । हराएकामध्ये ६७ जनाको भने उद्धार गरिएको छ ।

हराएका महिलाहरूमा सबैभन्दा बढी बाँकेका छन् । मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपाल नेपालगञ्जका अनुसार बाँकेमा २ सय ८ महिला हराएको भन्दै उजुरी परेको थियो । तीमध्ये चार जनाको उद्धार गरिएको छ । उनीहरूलाई भारतको रेडलाइट क्षेत्रबाट उद्धार गरिएको जनाइएको छ ।

त्यस्तै सुर्खेतबाट भारत गएका १ सय ७१ महिला हराएको निवेदन परेकामा २ को मात्र उद्धार गरिएको छ । दाङका ९२ महिला हराएकोमा खोजी गर्दा २ जनालाई उद्धार गरिएको छ । आर्थिक प्रलोभनमा पारेर भारत लगिएका महिलाहरू बर्दिया, सल्यान, रोल्पा, दैलेख, जाजरकोटलगायत जिल्लाका छन् ।

‘हामीसँग हराएका महिलाको उद्धारका लागि प्रयाप्त कानुनी संयन्त्र छैन । त्यसैले सबैको खोजी हुन सकेको छैन,’ माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले भने, ‘नेपालको कानुनले संयन्त्र गठन गर्ने व्यवस्था गरे पनि कानुन व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।’ कतिपय महिला फेसबुकको सम्पर्ककै भरमा भारत जाने र हराउने गरेका छन् ।

अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा माया प्रेम गर्ने र बिहेबारी गर्ने भन्दै भारत जाने गरेका घटना पनि छन् । त्यस्तै खाडी मुलुकमा रोजगारीका लागि जाने भन्दै कतिपय महिला भारत पुग्ने गरेका छन् । तर उनीहरूलाई भारत लैजाने गिरोह भने पक्राउ पर्न सकेका छैनन् ।

‘मानव तस्करहरू आफूसँगै कहिल्यै महिला लैजाँदैनन् । कोइरालाले भने, ‘त्यसैले पनि मानव तस्करहरू पक्राउ पर्न नसकेका हुन् ।’ मानव बेचबिखन हुन सक्ने भन्दै नेपालगञ्ज नाकामा कडाइका साथ निगरानी बढाइएको छ । तर घटना रोकिन सकेका छैनन् ।

२०१७ मा नेपालगञ्ज नाकाबाट २ सय २३ महिलालाई घर फिर्ता पठाइएको माइती नेपालले जनाएको छ । सन् २००२ यता मध्यपश्चिम क्षेत्रबाट ४ हजार ३ सय १८ महिला हराएको निवेदन परेको छ । तीमध्ये ६ सय १९ को मात्र उद्धार गरिएको छ । वैदेशिक रोजगारीका लागि भारत हुँदै विदेश जाने महिला हराउने क्रम जारी छ ।

त्यस्ता उजुरीहरू पर्ने तर फेला पर्ने संख्या निकै कम छ । पारिवारिक कलह, आर्थिक समस्या र अरूको लहलहैका कारण महिला तथा बालबालिका हराउने गरेको प्रहरीले जनाएको छ ।

बालबालिकाहरू भने अभिभावकको संरक्षण अभावमा हराउने गरेका छन् । मानव तस्करीलगायतका अपराध नियन्त्रणका लागि नेपाल–भारत सुरक्षा अधिकारीहरूको बैठक हुँदै आएको छ । आलोपालो गरी नेपाल–भारतमा हुने सुरक्षा बैठकमा पनि उक्त मुद्दा प्राथमिकताका साथ उठ्ने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com