यी हुन् एमालेले पारित गरेका १० बुँदे विशेष प्रस्ताव


प्रकाशित मिति : आश्विन १०, २०७३ सोमबार

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले १० बुँदे विशेष प्रस्ताव पारित गरेको छ । बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्तिमार्फत १० बुँदे विशेष प्रस्ताव बारे जानकारी दिएका छन् ।

यी हुन् एमालेले पारित गरेका १० बुँदे विशेष प्रस्ताव :

१. पार्टीका संस्थागत निर्णयहरुलाई कार्यान्वयन गर्दै वैचारिक, राजनीतिक र संगठनात्मक कामहरुलाई प्राथमिकता दिने

२. पार्टीका सिद्धान्त, नीति, कार्यक्रम र निर्णयहरुलाई तदरुकताका साथ कार्यान्वयन गर्ने र यसको सार्वजनिक रुपमा प्रतिरक्षा र प्रसार गर्ने

३. पार्टीको विचार, प्रतिष्ठा र लोकप्रियतामा आँच पुग्ने किसिमका कुनै पनि गतिविधि नगर्ने तथा बहस र छलफल गर्नुपर्ने विषयमा सम्बन्धित कमिटी र संगठनका बैठकहरुमा विधान र नियमअनुरुप यथोचित रुपमा पद्दतिसम्मत रुपमा छलफल गर्ने

४.विधि, नीति, पद्धति तथा पारदर्शिताको अनुशरण गर्दै नेता, कार्यकर्ता र सदस्यहरुलाई योगदान, योग्यता, क्षमता, सक्रियता र इमानदारीका आधारमा कामको जिम्मेवारी दिने र कुनै पनि प्रकारको पूर्वाग्रहपूर्ण पक्षधरताको व्यवहार नगर्ने

५. पार्टीका अधिवेशन, जनसंगठनका सम्मेलन र विभिन्न कार्यक्रमहरुमा अतिथि र सहभागीको नाम निर्धारण सम्बन्धित कमिटी र संगठनको माग, सम्बन्धित कमिटी र संगठनको जिम्मेवारस“गको परामर्शको आधारमा पार्टी केन्द्रीय सचिवालयले गर्ने । सम्बन्धित कमिटी र संगठनसँग प्रत्यक्षतः असम्बन्धित तथा उक्त प्रक्रियाबाट नतोकिएका व्यक्ति कार्यक्रममा सहभागी नहुने

६. कुनै पनि स्तरका कमिटी तथा जनसंगठनका निर्वाचनहरु प्यानल सूचीका आधारमा नगर्ने र उम्मेदवारको योग्यता, क्षमता, सक्रियता, योगदान, इमानदारी र लोकप्रियताका आधारमा निर्वाचित हुनसक्ने वातावरण सिर्जना गर्ने । यसो नगर्ने व्यक्ति र संगठनहरुलाई अनुशासनको कारवाही हुन सक्ने गरी नियमावली संशोधन गर्ने

७. सम्पूर्ण रुपमा एकताबद्ध भएर सबै प्रकारका चुनौतीहरुको सामना गर्दै जनताका अधिकार, राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिंदै पार्टीलाई सक्रिय र गतिशील बनाउने

८. पार्टीको संगठनात्मक जीवन र राष्ट्रिय जीवनका महत्वपूर्ण विषयमा सामूहिक छलफलको प्रणालीबाट निष्कर्षमा पुग्ने

९. पार्टी सदस्यता, पार्टीका विभिन्न स्तरका अधिवेशन तथा जनसंगठनका सम्मेलनहरुका सम्बन्धमा विधि र पद्दतिलाई बलियो गरी अनुशरण गर्ने र यस सम्बन्धमा देखिएका समस्याहरुलाई उचित विधिबाट समाधान गर्ने

१०. पार्टी र पार्टी नेतृत्वका विरुद्ध हुने कुनै पनि कुप्रचार र प्रहारलाई सबै  नेता, कार्यकर्ता र सदस्यहरुले तथ्यपरक किसिले सशक्त रुपमा प्रतिवाद गर्ने

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com