इन्जिनियरिङ कलेजलाई सामाजिक संस्थामा रुपान्तरण गर्न माग गर्दै आन्दोलन


प्रकाशित मिति : पुस १७, २०७४ सोमबार

सामाजिक संस्थाका रुपमा दर्ता भई निजीकरण गरिएको भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजलाई पुनः सामाजिक संस्थाका रुपमा रुपान्तरण गर्न माग गर्दै कलेजका कर्मचारीले आन्दोलन शुरु गरेका छन् ।

सामुदायिक संस्थाका रुपमा स्थापना भएको सो कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसहित केही सञ्चालकले संस्थालाई निजीकरण गर्दै सार्वजनिक सम्पत्ति बाँडफाँट गरी अर्बौं मुनाफा हिनामिना गरेको भन्दै कर्मचारीले आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धर्ना दिएका छन् ।

निजीकरण गरिएको कलेजलाई सामाजिक संस्थाका रुपमा रुपान्तरण गर्न माग गर्दै ३०० कर्मचारी तथा शिक्षकले जिल्ला प्रशासन कार्यालय अगाडि तुल, ब्यानर र प्ले कार्ड बोकेर धर्ना दिएका थिए ।

कलेजका कर्मचारी एवं आन्दोलन समितिका संयोजक मनोहर खनालले सञ्चालकले सामाजिक संस्थालाई गैरकानुनी रुपमा निजीकरण गरी सम्पत्ति बाँडफाँट गर्ने र आम्दानी भएको करोडौँ रुपैयाँ हिनामिना गरेको भन्दै दोषी सञ्चालकलाई तत्काल कारबाहीको माग गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि विद्यार्थी तथा स्थानीयवासीले गरेको लामो आन्दोलनपछि कलेजलाई सामाजिक संस्थामै रुपान्तरण गर्ने गरी भएको सहमति अझै कार्यान्वयन नभएको बताउँदै खनालले भन्नुभयो, “प्रशासन, नगरपालिका र आन्दोलनरत विद्यार्थी एवं अन्य समूहबीच कलेजलाई सामाजिक संस्थाका रुपमा रुपान्तरण गर्ने सहमति भए पनि फेरि चलखेल भएर सम्पत्ति व्यक्तिगत रुपमा सञ्चालकले बाडँफाँट गर्न थालेपछि कलेज जोगाउन कर्मचारी र शिक्षक बाध्य भएर आन्दोलनमा उत्रिएका हाँै ।”

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा संस्था दर्ता ऐन, २०३४ को व्यवस्थानुसार मुनाफारहित सामुदायिक संस्थाका रुपमा स्थापना भई सञ्चालनमा आएको कलेजको आम्दानी संस्थाले शैक्षिक सुधारको प्रयोजनमा खर्च गर्नुपर्नेमा सञ्चालकले मासिक लाखाँै रुपमा तलब भत्ता र बाँकी रकम लाभांशका रुपमा लिएको र निजीकरण गरेपछि कलेज विवादमा आएको थियो ।

सामाजिक संस्था भएका कारण कलेजलाई तत्कालीन चाँगुनारायण गाविस–८ को कित्ता नं ५७३ को १२८ रोपनी र वडा नं ९ (घ) कित्ता नं ३०९ को ४६ रोपनी सार्वजनिक जग्गा उपभोग गर्न दिएकामा सञ्चालकले निजीकरण गरी बिक्रीसमेत गर्न लागेपछि स्थानीय बासिन्दा, विद्यार्थी, शिक्षक र कर्मचारी आन्दोलित भएका हुन् । (तस्वीर संलग्न छ)

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com