डुङ्गा दुर्घटनामा आठको मृत्यु


प्रकाशित मिति : पुस १७, २०७४ सोमबार

इन्डोनेसियाको बोर्नेओ तटीय क्षेत्रमा सोमबार एक यात्रुवाहक डुङ्गा दुर्घटनामा परी कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । इन्डोनेसियामा भएको यो पछिल्लो भीषण दुर्घटना हो ।

इन्डोनेसियाको बोर्नेओ प्रान्तको तानजुङ सेलोरपारमा प्रवेश गरेको केही मिनेटमा नै दुर्घटना भएको जनाइएको छ । सो डुङ्गामा करिब ४५ व्यक्ति सवार रहेका र अझै कैयौँ बेपत्ता रहेका छन् ।

दुर्घटनापछि उद्धारकार्यको क्रममा ३३ व्यक्तिलाई नौसेनाले उद्धार गरेका बताइएको छ । हावाहुरीका कारण बाँकी यात्रुको उद्धारकार्यमा कठिनाई भएको जनाइएको छ ।

दुर्घटनाको कारण प्रष्ट हुन सकेको छैन । तर बेपत्ता भएका यात्रुको एकिन सङ्ख्या पत्ता लगाउने कोशिष भइरहेको वरिष्ठ सरकारी अधिकारी गुस्ती अन्वार मुल्यादीले बताउनु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इन्डोनेसियामा करिब १७ हजार द्वीप क्षेत्र रहेका छन् । त्यसैले यहाँ बारम्बार डुङ्गा दुर्घटना हुने गरेको पाइन्छ ।

गत जुलाइमा पनि सोही मार्ग तराकानबाट तानजुङ सेलोरतर्फ गइरहेको एक डुङ्गा दुर्घटना हुँदा आठ जना यात्रुको मृत्यु भएको थियो ।

त्यसैगरी गत वर्षको जनवरी १ मा पनि नयाँ बर्ष मनाउन हिँडेका २३ जना यात्रु जकार्तामा डुङ्गा दुर्घटनामा परी मृत्यु भएको थियो ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com