उखुखेतीतर्फ आकर्षण बढ्दै


प्रकाशित मिति : पुस १७, २०७४ सोमबार

शहरउन्मुख हँुदै गरेको रामपुर नगरपालिकामा लगाइएको सामूहिक उखुखेतीतर्फ आकर्षण बढ्दै गएको छ ।

तराईका विभिन्न भूभाग र गुल्मीलगायतका विभिन्न स्थानबाट ठूलो परिमाणमा खुदो भित्रने गरेको रामपुरमा अहिले यहाँका स्थानीयले व्यावसायिक रुपमा सामूहिक उखुखेती गर्न थालेपछि व्यवसायमा आकर्षण बढ्न थालेको हो ।

बस्ती बढ्दै गएको रामपुरमा खेतीयोग्य जमिनमा धमाधम घर तथा भवन निर्माण हुन थालेपछि परम्परागत रुपमा गर्दै आएको उखुखेती यहाँका स्थानीयले विगत एक दशकयता उखु लगाउन छाडेपछि बाहिरबाट खुदो निर्यात हुँदै आइरहेको छ ।

बाहिरबाट निर्यात हँुदै आएको खुदोलाई कम गर्न सूर्योदय कृषि सहकारी संस्था रामपुरले गत वर्षदेखि सामूहिक रुपमा उखुखेती लगाउँदै आएको छ । रामपुर नगरपालिका–३ को कीर्तिपुरमा ५२ रोपनी जग्गामा लगाइएको उखुखेती अवलोकन गर्ने, उखु, खुदो खरिद गर्नेको अहिले उत्साह बढ्दो छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सहकारीले रामपुर बजारमा उखु र खुदोको माग अत्यधिक बढ्न थालेपछि जग्गा भाडामा लिएर व्यवसाय शुरु गरेको हो । रामपुरको बेझाड बजारदेखि आधा घण्टाको समय सवारीसाधनमा समय खर्चिएर नमूना उखुखेती अवलोकनकै निम्ति जानेको संख्या अत्यधिक छ ।

अहिले उखु पेल्ने काम भइरहेको हुँदा दिनभर १०० भन्दा बढी ग्राहक अवलोकन गर्दै उखु, खुदो खरिदका लागि आउने गरेको सहकारीका अध्यक्ष रुद्रनारायण श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गत वर्ष ३६ रोपनी जग्गामा उखु लगाइयो, सबै खर्च कटाएर रु एक लाख ५० हजार बराबरको आम्दानी लिन सफल भयौँ, उखु र खुदोको माग पनि बढ्यो ।” “अहिले गत वर्षको तुलनामा १६ रोपनी जग्गा बढाएर ५२ रोपनीमा उखु लगाएको उहाँले बताउनुभयो।

“उखु पेल्ने काम भइरहेको छ । यस वर्ष झण्डै रु दुई लाख ५० हजारभन्दा बढी आम्दानी हुने अनुमान छ,” श्रेष्ठले भन्नुभयो । यहाँ उत्पादन भएको खुदो फुटकर प्रतिमाना रु १०० र थोक मूल्यमा (२० मानाभन्दा माथि लैजानेका लागि) रु ८५ मा बिक्री भइरहेको सहकारीका उपाध्यक्ष सोमबहादुर सेनले बताउनुभयो ।

स्थानीयस्तरमा उत्पादन भएको गुणस्तरको ताजा खुदो खरिदका लागि एक घण्टाको समय बिताएर उखुखेती अवलोकन गर्न र खुदो खरिद गर्न आएको रामपुरका स्थानीयवासी मोहनप्रसाद भट्टराई बताउनुहुन्छ । सहकारीले रामपुरलाई उखुखेतीका रुपमा चिनाउने उद्देश्यले उखुखेतीलाई प्राथमिकता दिएर व्यवसाय अगाडि बढाउँदै गएको छ ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com