यसरी जारी हुन्छ अमेरिकाको पर्यटक भिसा


प्रकाशित मिति : आश्विन ९, २०७३ आईतबार

 

बी वान बी टु लगायतका गैर आप्रवासी भिसाका लागि सबैभन्दा पहिले आवेदकले अनलाइनमार्फत आवेदन दिनुपर्छ । यो नै पहिलो चरण हो । यो चरणका बारेमा भिसाका लागि आवेदनदिने सबै आवेदकहरु विज्ञ नै छन् ।

दोश्रो चरणमा आवेदकका लागि दूतावास वा कन्सुलेट कार्यालयमा अन्तरवार्ताको मिति तय गरिन्छ । यही चरणमा आवेदकले भिसा शुल्क पनि बुझाउनुपर्छ । विश्वका ६ वटा देशमा आवेदकले औंठाछाप दिनका लागि छुट्टै ठाउमा अप्वाइन्टमेन्ट तय गर्नुपर्ने भएपनि नेपाल लगायतका अधिकांश देशमा भने अन्तरवार्ताकै बेलामा औंठाछाप लिइन्छ ।

तेश्रो चरणमा आवेदक अन्तरवार्ताका लागि दूतावास वा कन्सुलेटमा उपस्थीत हुनुपर्छ । त्यसक्रममा आवेदकको औंठाछाप र पूरै अनुहारको तस्विर लिइन्छ । यो लिने अधिकारी स्पष्ट रुपमा अमेरिकी नागरिक हुन्छन् । त्यसपछिको चरणमा कन्सुलर अधिकारीले आवेदकको अन्तरवार्ता लिन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तरवार्ता लिइरहदा कन्सुलर अधिकारीले त्यो भन्दा पनि महत्वपूर्ण अर्को काम समेत गरिरहेका हुन्छन् । अमेरिकी सरकारले तयार गरेको विभिन्न खालका डाटाबेसहरुमा कन्सुलर अधिकारीले आवेदकको नाम, औंठाछाप र तस्विर भिडाउँछन् ।

यसरी भिंडाउँदा अमेरिकी सरकारसँग भएका डाटाहरुमा आवेदकको नाम, तस्विर वा औंठाछाप मिलेमा कुन आधारमा मिलेको छ त्यसै आधारमा आवेदकको भिसा अस्वीकार गरिन्छ । त्यो प्रणालीमा उत्तिर्ण हुनेलाई कन्सुलर अधिकारीले बाँकी कागजात र अन्तरवार्ताका आधारमा भिसा जारी गर्ने निर्णय गर्छन् । डाटाबेसमा भिडाउँदा कुनै समस्या नभएपनि कन्सुलर अधिकारीले अरु कागजात र अन्तरवार्ताका आधारमा भिसा अस्वीकार गर्न सक्छन् । भिसा अस्वीकार गरेमा अस्वीकार हुनुको कारणसहित पासपोर्ट फिर्ता दिइन्छ । भिसा पाउने भएमा कन्सुलर अधिकारीले पासपोर्ट राख्छन् र भिसा प्रिन्ट गरेर पासपोर्टमा टाँसेपछि केही दिनमा पासपोर्ट आवेदकलाई फिर्ता दिइन्छ ।

यदि डाटाबेसमा भिडाउने क्रममा थप आशंका लागेमा त्यस्ता आवेदकहरुलाई प्रशासकीय प्रकृया वा फ्रड आशंकामा लगिन्छ । प्रशासकीय प्रकृयामा लगिएका आवेदनहरुउपर अधिकारीहरुले पृष्ठभूमी परिक्षणका थप अनुसन्धानहरु गर्छन् । फ्रडको आशंकामा लगिएका आवेदनहरुउपर भने फ्रड नियन्त्रण युनिटले थप अनुसन्धान गर्नुका साथै आवेदकको थप पृष्ठभूमी परिक्षण समेत गर्छन् । त्यसपछि कतिपयलाई भिसा जारी गरिन्छ भने कतिपयको भिसा अस्वीकृत हुन्छ ।

कँग्रेशनल रिपोर्टमा आधारित ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com