प्रदेश राजधानी माग गर्दै ¥याली


प्रकाशित मिति : पुस १६, २०७४ आईतबार

विराटनगरलाई १ नं प्रदेशको राजधानी बनाउनुुपर्ने माग गर्दै आज यहाँ बृहद् ¥याली निकालिएको छ ।

मोरङ व्यपार संघ, उद्योग संगठन तथा विराटनगर महानगरपालिकाद्वारा संयुक्त रुपमा निकालिएको सो ¥यालिमा प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, विभिन्न राजनीतिक दलका नेता उद्योगी, व्यापारी, बुुद्धिजीवी एवम् सर्वसाधारणको सहभागिता रहेको थियो ।

वीरेन्द्र सभागृह अगाडिबाट निस्केको ¥यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । राजधानीका लागी चाहिने सबै प्रकारका भौतिक पूर्वाधार रहेकाले १ नं प्रदेशको राजधानी विराटनगर हुुुनुुपर्नेमा सहभागीले जोड दिएका थिए ।

यसैगरी आजै विराटनगर महनगरपालिकाको अगुुवाइमा विराटनगरलाई १ नं प्रदेशको राजधानी बनाउन माग गर्दै अन्तरक्रिया तथा छलफलको आयोजना गरियो।

सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुुलीले प्रदेशको राजधानी बनाउनका लागि मुुख्यमन्त्रीको कार्यालय, निवासदेखि प्रदेशका मन्त्रीको निवास लगायतका मन्त्रालय राख्ने भवनसम्म रहेकाले प्रदेशको राजाधानीका लागी विराटनगरबाहेक अर्को विकल्प नभएको बताउनुुभयो ।

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा, उद्योग संगठन मोरङका अध्यक्ष मुुकेश उपाध्याय, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धुु पोखरेललगायतले राजनीतिक, आर्थिक, समाजिक, साँस्कृतिक तथा धार्मिक दृष्टिकोणले प्रदेशको राजधानीका लागि विराटनगर उपयुुक्त रहेको धारणा राख्नुभएको थियो ।

रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com