वाम एकता विरुद्धका षडयन्त्र परास्त गर्नुपर्छ :नेता नेपाल


प्रकाशित मिति : पुस १६, २०७४ आईतबार

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देशमा वाम एकता हुन नदिन अहिले विभिन्न शक्ति केन्द्रबाट षडयन्त्र भइरहेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन, काठमाडौँ महानगर समितिले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले एकता विरुद्ध आउने सबै बाधा र षडयन्त्र परास्त गर्नुपर्नेमा जोड दिँदै चाँडोभन्दा चाँडो दुई पार्टीको एकता गर्नुपर्ने बताउनुभयो ।

उहाँले वामपन्थीले मुलुकमा जनताको अधिकार प्राप्त गर्नका लागि गरेको संघर्षले उनीहरु खारिएको बताउँदै उनीहरुको एकता देशको विकास र समृद्धिका लागि भएकाले कसैले पनि षडयन्त्र गर्नु नपर्नेमा जोड दिनुभयो ।

नेपाली जीवन पद्धति र व्यवहारसँग जोडिएको शिक्षा नीति कार्यान्वयन गर्नुपर्ने बताउँदै नेता नेपालले त्यस्तो शिक्षाले मुलुकमा उद्यमशीलता र स्वरोजगार वृद्धि गर्ने विचार व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूर्वप्रधानमन्त्री नेपालले पछिल्लो समय सार्वजनिक विद्यालयले पनि निजी क्षेत्रका विद्यालयसँग गुणस्तरमा राम्रो प्रतिस्पर्धा गरिरहेको उल्लेख गर्दै भौतिक पूर्वाधार विकासका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रियसभा गठनका लागि समानुपातिकमा दर्ता भएका दलहरु मात्र सहभागी हुने हुँदा दल दर्ता गर्न तीन दिनको समय पुग्नेमा दुई साताको समय अवधि लामो भएको विचार व्यक्त गर्नुभयो ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com