प्रदेश नं २ को राजधानी राजविराज हुनुपर्ने माग


प्रकाशित मिति : पुस १५, २०७४ शनिबार

मुलुकमा लोकतन्त्र प्राप्तिका लागि सप्तरीवासीले नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रदेश नं २ को राजधानी राजविराज नै हुनुपर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । सप्तरीको राजविराजमा आज नागरिक सञ्जाल र बृहत् नागरिक सञ्जालले आयोजना गरेको ‘प्रदेश नं २ को राजधानी राजविराजमा’ विषयक विचार गोष्ठीमा सहभागी वक्ताले यस्तो बताएका हुन् ।

सो गोष्ठीमा नेकपा (एमाले) का केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले लोकतन्त्रका लागि भएका सबैजसो आन्दोलनमा सप्तरीवासीको भूमिका नेतृत्वदायी नै रहेकाले जिल्लाको विकास र इतिहास जोगाउनका निम्ति प्रदेश नं २ को राजधानी राजविराज नै हुनुपर्ने बताउनुभएको छ । “लोकतन्त्रका लागि भएका सबैजसो आन्दोलनमा सप्तरीवासीको भूमिका नेतृत्वदायी छ”, उहाँले भन्नुभयो, “त्यसैले जिल्लाको विकास र इतिहास जोगाउनका निम्ति प्रदेश नं २ को राजधानी राजविराज नै हुनुपर्छ ।”

उहाँले जिल्लाको समृद्धि, विकास र राजविराज राजधानी हुनुपर्ने विषयमा एमाले पार्टीको पूर्ण सहयोग र साथ रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
साथै “जिल्लाको समृद्धि र विकासका लागि पनि प्रदेशको राजधानी राजविराज हुनु जरुरी छ”, उहाँले भन्नुभयो, “राजधानीको विषयमा एमालेको साथ र सहयोग रहन्छ पनि ।”

विचार गोष्ठीमा वरिष्ठ पत्रकार अनिलकुमार अनल, प्राध्यापक देवनारायण यादव, अधिवक्ताद्वय भूपेन्द्रनारायण मण्डल र राजेन्द्रप्रसाद देव, समाजसेवी हासिम अन्सारी, महिला अधिकारकर्मी अभासेतु सिंह र समाजसेवी जगरनाथ मुन्धडाले राजविराजको विकासका लागि प्रदेश नं २ को राजधानी हुनुपर्ने धारणा राख्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह, मधेशका लागि अधिकार सुरक्षित गर्ने र प्रान्तको माग गर्ने मधेशका मसिहा गजेन्द्रनारायण सिंहको जन्मथलो सप्तरी नै भएकाले गोष्ठीका सहभागी वक्ताले राजविराजलाई नै राजधानी बनाउनुपर्नेमा समेत जोड दिएका छन् ।

नागरिक सञ्जालका संस्थापक अध्यक्ष सुखराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल आबद्ध नेता, कानून व्यवसायी, बुद्धिजीवी, नागरिक अगुवालगायतले समेत राजविराज प्रदेश नं २ को राजधानी हुनुपर्नेमा आ–आफ्नो विचार प्रस्तुत गरेका थिए ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com