नयाँ सरकार चाँडो गठन गर्नुपर्ने नेताहरुको जोड


प्रकाशित मिति : पुस १५, २०७४ शनिबार

निर्वाचनमा प्राप्त भएको जनादेशअनुसार चाँडो केन्द्रीय र प्रादेशिक सरकार बनाउनुपर्ने विभिन्न दलका नेताले सुझाउनुभएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संवैधानिक प्रक्रियालाई अवलम्बन गर्दै चाँडो नयाँ सरकार गठन गर्न देश र जनताका हितमा रहेकोमा उहाँहरुले जोड दिनुभयो । वाणिज्यमन्त्री मीन विश्वकर्माले प्रधानमन्त्रीले सरकार छाड्न आतुर रहेको बताउँदै नयाँ सरकार गठनका लागि केही कानूनी प्रक्रिया मिलाउन आवश्यक देखिएकाले कम्तीमा पनि छ हप्ता समय लाग्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रियसभाको निर्वाचन भएपछि नयाँ सरकार गठनका लागि प्रक्रिया शुरु हुने बताउँदै निर्वाचन आयोगले दल दर्ताका लागि १५ दिनको समय तोक्ने त्यसपछि एक महिनाभित्रै चुनाव सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेले राष्ट्रियसभा गठन नभए पनि नयाँ सरकार गठन हुने विचार व्यक्त गर्दै वाम गठबन्धनको नेतृत्वमा दुई हप्ताभित्रै नयाँ सरकार बन्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “अब सरकार गठनको प्रक्रिया हामी शुरु गर्छौं, संविधानको धारा ७६ को उपधारा १ मा स्पष्ट छ, नयाँ सरकार गठनका लागि राष्ट्रियसभाको गठन नभए पनि हुन्छ ।”

नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री राम कार्कीले अबको १५ दिनभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने जानकारी दिँदै भन्नुभयो, “हामी सरकार निर्माणको गृहकार्यमा जुटिसकेका छौँ, अब ढिलोमा १५ दिनभित्र नयाँ सरकार बन्छ, यसमा कुनै दुईमत छैन ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रिय जनता पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णले राजनीतिको मूल ‘कोर्स’ भनेको नै सरकार भएकाले जनादेशअनुसार सरकार बनाउन राम्रो हुने सुझाव दिँदै आफूहरुको प्राथमिकता अहिले सरकारभन्दा पनि संविधान संशोधन र नेता तथा कार्यकर्तामाथि लगाइएका झुठा मुद्दा फिर्ता रहेको स्पष्ट पार्नुभयो ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com