अंग्रेजी नयाँ वर्ष स्वागतको पर्खाइमा ठमेल


प्रकाशित मिति : पुस १५, २०७४ शनिबार

अंग्रेजी नयाँ वर्ष विदेशी पर्यटकका लागि मात्र नभई स्वदेशी पर्यटकका लागि पनि उल्लासमय पर्वका रुपमा स्थापित हुँदै गएको छ ।
पर्यटकलाई लक्षित गरेर पर्यटन व्यवसायीले आफ्ना सेवामा विभिन्न आकर्षणसहितका अफर सार्वजनिक गर्ने गरेका छन् ।

विगत झैँ यसवर्ष पनि अंग्रेजी नयाँ वर्ष, २०१८ लाई लक्षित गर्दै देशका मुख्य पर्यटकीय गन्तव्यमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमको तयारी भइरहेको छ । यसै सन्दर्भमा काठमाडौँको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा ‘न्यू इयर इभ’(नयाँ बर्ष पूर्वसन्ध्या) को तयारीस्वरुप ठमेल क्षेत्र बेहुली झँै सिँगारिएको छ । खुल्ला र सफा सडकमा पर्यटकलाई शान्त वातावरणमा मनोरञ्जनात्मक गतिविधिका लागि व्यवसायीले विभिन्न प्याकेज ल्याएका छन् ।

पुस १६ ९डिसेम्बर ३१० आइतबार हुने न्यू इयर इभ कार्यक्रम र अफरका तुल, ब्यानर र सजावटले ठमेल क्षेत्रका होटल, रेष्टुराँ, क्लब, गजल तथा दोहोरी साँझ रेष्टुराँ रङ्गिएका छन् । व्यवसायी आफ्नो सेवा प्रवद्र्धनका लागि विभिन्न नयाँ कार्यक्रमका साथ प्रतिस्पर्धात्मक तवरले लागिपरेका छन् ।

न्यू इयर इभको सन्दर्भमा ठमेलको ठमेल इको रिसोर्टमा न्यू इयर इभ विशेष कार्यक्रम आयोजना हुँदैछ । ठमेल इको रिसोर्ट र इभेन्ट संसार डटकमले संयुक्तरुपमा आयोजना गर्ने उक्त कार्यक्रममा सहभागी हुनेले लाइभ म्यूजिकको साथ नेपाली परम्परागत खानाको स्वादमा भरपुर आनन्द लिनेछन् । इको रिसोर्टका सञ्चालकसमेत रहनुभएका वरिष्ठ पर्यटन व्यवसायी राजन सिंखडाका अनुसार म्यूजिकका साथ रिसोर्टको गार्डेनमा बार्बिक्युको मजा लिन सक्नेछन् । रायन विथ यात्रीको लाइभ म्यूजिक रहने उक्त कार्यक्रममा चर्चित हास्य शृङ्खला ब्रेकफेलका कलाकार तथा अन्य ख्यातिप्राप्त कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विदेशी तथा स्वदेशी पर्यटकको मनोरञ्जन तथा नेपाली खानाका परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको व्यवसायी सिंखडाको भनाइ छ । सहभागिताका लागि रु एक हजारको टिकट काट्नुपर्नेछ, त्यसमा एक बोतल बियर निःशुल्क हुने आयोजकले जनाएका छन् ।

रात्रिकालीन व्यवसायी संघका प्रवक्ता सुवास लिम्बूले नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्ग, झम्सिखेललगायत अन्य होटल तथा रेष्टुराँले विभिन्न कार्यक्रम बनाएको बताउनुहुन्छ । उहाँका अनुसार कतिपय क्लब तथा रेष्टुराँले विदेशी कलाकारको ब्याण्ड तथा नेपाली चर्चित कलाकारको साथमा नयाँ वर्षको स्वागतमा कार्यक्रम गर्ने योजना बनाएका छन् ।

‘क्लब भेनिस’ सुन्धाराका सञ्चालकसमेत रहेका व्यवसायी लिम्बूले नयाँ वर्षमा पाहुनालाई लक्षित गरी क्लबमा आइतबार साँझ ‘ग्लामर्स आइकन’ को विशेष फेसन शो आयोजना गरिने र त्यहाँ ३० जना चर्चित मोडलले प्रस्तुति दिनेछन् भने डिजे सशनको बेग्लै रौनक रहनेछ । यता ठमेलकै सुविधायुक्त ‘टर्टल लाउन्ज एण्ड क्लब’ ले नयाँ वर्षको अवसरमा विशेष कार्यक्रमको तयारी गरेको छ ।

क्लबका सञ्चालक आयुष ठकुरीका अनुसार चर्चित पप गायक सविन राईको विशेष सांगीतिक प्रस्तुति रहनाका साथै क्लबमा विभिन्न खानाका परिकारमा १५ देखि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सर्वसाधारणलाई रु एक हजारदेखि एक हजार ५०० प्रवेश शुल्कको व्यवस्था गरिएको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समीर गुरुङले नयाँ वर्षको सन्दर्भमा त्रिदेवी मार्ग, ठमेलमा आइतबार साँझ सडक सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ ।

चर्चित डिजे ‘शिशिर’ र ‘सिजल’ को विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा हजारौँको संख्यामा सर्वसाधारण तथा विदेशी पर्यटक सहभागी हुने भएकाले आवश्यक सुरक्षाको प्रभावकारी व्यवस्था मिलाइएको छ । अध्यक्ष गुरुङले नयाँ वर्षको अवसरमा ठमेल क्षेत्रका व्यवसायीले आफ्ना सेवामा विशेष अफरसहितका कार्यक्रम ल्याएका छन् । ठमेलमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्नका लागि व्यवसायीले विभिन्न प्याकेज बनाएका हुन् ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com