सरकार गठनअघि नै एकता गर्ने प्रयासमा छौ : दाहाल


प्रकाशित मिति : पुस १५, २०७४ शनिबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनअघि नै नेकपा ९एमाले० र माओवादी केन्द्रबीच पार्टी एकताको सघन प्रयास भइरहेको बताउनुभएको छ । नेकपा (एमाले) सिन्धुली–काठमाडौँ सम्पर्क मञ्च र नेकपा (माओवादी केन्द्र) सिन्धुली उपत्यका संघीय जनसम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको नवनिर्वाचित सांसदहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकताको प्रक्रियाबाट कोही कसैले पनि पछाडि हट्ने अवस्था नरहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “पार्टी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन । पछाडि फर्कने पुल भत्काइसकेका छौँ । हिजो मात्र मेरो र कमरेड केपी ओलीबीच लामो र गम्भीर छलफल भयो । नयाँ सरकार गठन गर्न केही दिन लाग्ने देखिन्छ, त्यसभन्दा अघि नै पार्टी एकता टुङ्ग्याउने प्रयास गरेका छौँ, अब छिट्टै पार्टी एकता हुन्छ ।” वाम गठबन्धनलाई जनताले अत्यधिक मतले जिताएको भन्दै अध्यक्ष दाहालले यस्तो अवस्था आफूहरुका लागि अवसर मात्र नभई चुनौतीसमेत रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जनताले हामीबाट धेरै नै आशा राखेका छन्, अब पनि अस्थिरता, भ्रष्टाचार, झगडा भयो भने हाम्रो राजनीति गर्ने ठाउँ रहँदैन ।”

नेपाली जनतालाई शान्ति, सुशासन र समृद्धिका लागि जनताले ठूलो मौका दिएको भन्दै पूर्व प्रधानमन्त्री दाहालले समृद्धिको यात्रालाई अगाडि बढाउन कुनै पनि कन्जुस्याँई गर्न नहुनेमा जोड दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका सचिव योगेश भट्टराईले नेपाली जनताले वाम गठबन्धनलाई विश्वास गरेर मत दिएकाले त्यसलाई कार्यक्रममा ढालेर कार्यान्वयनमा जानुपर्नेमा जोड दिनुभयो ।

नेपाली जनताको लामो समयदेखिको अपेक्षा पूरा भएको उल्लेख गर्दै उहाँले जनपक्षीय योजना, नीति, कार्यक्रम बनाएर जनतालाई राहत दिनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा सिन्धुलीबाट निर्वाचित हरिबोल गजुरेल, गणेश पहाडीलगायतका नवनिर्वाचित सांसदहरुलाई सम्मान गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्मानित व्यक्तित्व एवं नवनिर्वाचित सांसद गजुरेलले जनताको माग र चाहनालाई सम्बोधन गर्दै सिन्धुलीको विकास र समृद्धिमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै, अर्का निर्वाचित सांसद पहाडीले जनताले आफूहरुलाई ठूलो जिम्मेवारी दिएकाले त्यसलाई अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com