पाल्पामा दुर्घटनामा गुल्मीका प्राध्यापक भण्डारी र व्यवसायी पन्थको निधन


प्रकाशित मिति : आश्विन ८, २०७३ शनिबार

– प्रेम सुनार

पाल्पामा सडक दुर्घटनामा परी गुल्मीको रेसुङ्गा वहुमुखी क्याम्पसका सह–प्राध्यापक कृष्ण भण्डारी र निमांण व्यवसायी रामप्रसाद पन्तको निधन भएको छ ।
तम्घासबाट वुटवल जाँदै गरेको ब १४ प ९३६४ नम्वरको स्कार्पीओ गाडी हिजो साँझ करिव साढे ८ वजेको समयमा पाल्पाको चर्चरे भन्ने स्थानमा दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको र चालक देविराम पन्थी गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उक्त गाडी सडकबाट करिव २ सय मिटर तल खसेको जनाईएको छ ।
४७ वर्षिया सह प्राध्यापक भण्डारी तम्घास टेक्नीकल ईन्स्च्युटमा समेत अध्यापन गराउँथे । अत्यन्तै मिलनसार भण्डारी र पन्थको निधनले गुल्मी जिल्लावासी भावविह्ल भएका छन् । ५५ वर्षिय पन्थ यस अघि जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका लेखापाल थिए । विभिन्न सरकारी कार्यालयमा लामो समय सम्म लेखापाल रहेका पन्थ अवकास पछि निर्माण व्यवसायमा लागेका थिए ।
पन्थ निर्माण सेवा प्रा.लि.बाट जिल्लाको विककास निर्माणमा हात हालेका पन्थका श्रीमति , एक छोरा र एक छोरी रहेका छन् । उनको पुर्खेयौली घर हर्दिनेटा–६ मा हो भने हाल रेसुङ्गा नगरपालिका ९ खानीगाउँमा रहेको छ ।
त्यस्तै सह प्राध्यपक भण्डारीको पुर्खेयौली घर हुँगा २ मा पर्दछ । हाल उनको परिवार पनि खानीगाउँमै बसोवास गर्दै आएका छन् । भण्डारीका दुई छोराहरु रहेका छन् । भण्डारी सांसद चन्द्र भण्डारीका दाजुभाई हुन् । गम्भीर घाईते चालक देविराम पन्थी यस अघि लामो समय सम्म जिल्ला विकास समितिका अनुभवी चालक थिए ।
उनको छातीमा गम्भीर चोट लागेर पाल्पा रिफर गरिएको बताईएको छ । पाल्पा जिल्ला अस्पतालबाट मृतक दुवैको शव रिडी ल्याउँदै गरिएको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष कृष्ण भण्डारीले बताए । तस्वीरः बायाँ पन्थ , दायाँ भण्डारी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com