स्वीकृति नै नलिई चितवनमा हात्ती महोत्सव सञ्चालन


प्रकाशित मिति : पुस १३, २०७४ बिहीबार

चितवनको सौराहामा जारी चितवन हात्ती महोत्सव दर्ता नै नगरी संचालन गरेको पाइएको छ । मंगलबारबाट सुरु भएको १४ औं चितवन हात्ती महोत्सव प्रक्रिया नै पूरा नगरी संचालन भएको हो ।

महोत्सव आयोजना गर्दा जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनुपर्ने हुन्छ तर चितवन हात्ती महोत्सवको आयोजना गरेको क्षेत्रीय होटल संघ सौराहाले जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति नै नलिइ महोत्सव सचालन गरेको छ ।

स्वीकृति नै नलिई सञ्चालित महोत्सवको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि । फाइल तस्वीर ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चितवन हात्ती महोत्सवले जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति नलिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट स्वीकृती नलिएको तर गृह मन्त्रालयबाट उक्त कार्यक्रममा सम्मानिय प्रधानमन्त्री आउने भनेर पत्र आएकाले सोही अनुरुप सुरक्षा व्यवस्था मिलाएको शर्माले बताए ।

त्यस्तै मेला महोत्सव गर्दा आन्तरिक राजस्व कार्यालयमा अस्थायी रुपम भ्याटमा दर्ता गर्नुपर्ने हुन्छ तर महोत्सव आयोजक क्षेत्रीय होटल संघ सौराहाले दर्ता नै नगरी महोत्सव आयोजना गरेको हो । नियम बिपरित र प्रक्रिया नै पूरा नगरी महोत्सव संचालन हुँदा समेत संबन्धित निकाय मौन देखिएका छन् । महोत्सवका संयोजक दिपक भट्टराईले महोत्सवमा प्रवेश निशुल्क भएकाले आन्तरिक राजस्व कार्यालयमा दर्ता गर्नु नपर्ने भएकाले दर्ता नगरेको बताए ।

महोत्सवमा प्रवेश निशुल्क भएता पनि महोत्सव स्थलभित्र रहेको मिनी प्याराफिटमा भने प्रवेश शुल्क लिइने गरेको छ । आयोजकले टिकट नै काटेर प्रतिव्यक्ति २ सय रुपैया शुल्क लिइरहेको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख थानप्रसाद पंगेनीले चितवन हात्ती महोत्सवले कर कार्यालयमा दर्ता नगरेको भन्दै आयोजकलाई बोलाएर दर्ता गराउन लगाउने बताए ।

महोत्सवको मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । प्रक्रिया नपुगेको महोत्सवमा प्रमुख जिल्ला अधिकारी र आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख नै अतिथिको रुपमा आशनग्रहण गरेर बसेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com