अहिले सामाजिक संजालले सडकका मान्छेलाई ‘हिरो’ बनाउन थालेको छ । कहिले तरकारीवाली, कहिले चियावाला । यस्तै, अहिले एक युवतीको फोटो भाइरल भएको छ ।
ती युवती नीलो जिन्स लगाएर, छातीमा बच्चालाई च्यापेर झाडु लगाइरहेकी छिन् । आखिर को हुन् उनी ? अनि किन भाइरल भइरहेको छ उनको फोटो ?
यो फोटो एकजना भारतीय युवती हो । उनी ‘स्वच्छ मंगलुरु अभियान’ अन्तर्गत सडकको सरसफाइमा सरिक भएकी हुन् । उनको नाम सुधीक्षा किरण हो ।कर्नाटकका पूर्व मुख्यमन्त्री एवं प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारका क्याबिनेट मन्त्री सदानन्द गौडले उक्त फोटो हाइलाइट गरेपछि सोसल मिडियामा भाइरल भएको हो ।उनीहरूले ती युवतीलाई ‘असली मिस इन्डिया’ भनी तारिफ गरेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।