स्थानीय तहमा बैंक नहुँदा वृद्धवृद्धालाई सास्ती


प्रकाशित मिति : पुस १३, २०७४ बिहीबार

पुस १३, दमौली । तनहुँको विकट गाउँ बैदीका ७५ वर्षीय चन्द्रबहादुर आले सामाजिक सुरक्षा भत्ता लिन दमौलीस्थित एक बैंकअगाडि दिनभर लाइनमा बसे । पालो नआएपछि उनी भोलिपल्ट फेरि बैंक आउनुपर्‍यो । झन्डै एक दिनको यात्रा गरेर आएका चन्द्रबहादुरले भत्ता लिन तीन दिन खर्चिए । भत्ता लिन सास्ती पाउने उनी एक्ला हैनन् । स्थानीय तहमा बैंक नहुँदा धेरै स्थानीय तहका वृद्धवृद्धाले बैंकमार्फत भत्ता लिन सदरमुकाम तथा नजिकका सहरमा धाउनुपर्ने बाध्यता छ ।

जिल्ला समन्वय समिति तनहुँका अनुसार धेरैजसो स्थानीय तहको बैंकिङ कारोबार दमौलीबाटै भइरहेको छ । ‘धेरै तहको वित्तीय कारोबार दमौलीबाट भइरहेको जानकारी पाएका छौुं, स्थानीय विकास अधिकारी अञ्जन न्यौपानेले भने । म्याग्दे, रिसिङ र घिरिङ गाउँपालिका तथा भानु नगरपालिकामा बैंकको पहुँच छैन । केही स्थानीय तहमा लघुवित्त कारोबार गर्ने संस्था भए पनि सरकारले ‘कु तथा ‘खु वर्गको बैंकमार्फत कारोबार गर्न भनेकाले दमौलीबाट बैंकिङ कारोबार गर्न बाध्य भएका हुन् ।

उपभोक्ता समितिले सम्झौताको रकम लिन र सामाजिक सुरक्षा भत्तामा सबैभन्दा बढी समस्या छ । कतिपय स्थानीय तहले दमौलीका बैंकलाई आफ्नै खर्चमा गाउँमा लगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेका छन् । ‘लेखाका कर्मचारीलाई दिनहुँ सदरमुकाम पठाउनु परिरहेको छु, रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भने । उनका अनुसार बैंककै लागि सदरमुकाम आउजाउ गर्दा काम प्रभावित भएको छ । स्थानीय विकास अधिकारी न्यौपानेले बैंकिङ पहुँच नपुग्दासम्म स्थानीय तहको काममा कठिनाइ हुने बताए । ‘सामाजिक सुरक्षा भत्ता वितरण र भूकम्पको पुनर्निर्माणको रकम वितरणमा कठिनाइ भएको छु, उनले भने,

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com