काठमाडौंको तापक्रम ३ डिग्री, देशभर चिसो बढ्यो


प्रकाशित मिति : पुस १३, २०७४ बिहीबार

पुस १३, काठमाडौं । काठमाडौंसहित देशभर चिसो बढेको छ । १ पुसमा २।८ डिग्रीमा झरेको काठमाडौंको तापक्रम त्यसपछि केही बढेको भए पनि बिहीबार बिहान ६ः३० बजे ३।६ रेकर्ड भएको छ ।

 

काठमाडौंको बिहीबार बिहान ८ः४५ बजेको तापक्रम भने ४।८ डिग्री सेल्सियस पुगेको छ । काठमाडौंमा मापन भएको पुस १ को तापक्रम यो वर्षकै कम हो ।

मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको जानकारी दिँदै काठमाडौंको बिहान ६ः३० बजेको तापक्रम ३।६ रेकर्ड भएको जनाएको छ ।

तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्ने क्रम जारी छ भने मुलुकको पश्चिमी क्षेत्रमा पश्चिमी वायु ‘हाइ क्लाउड’ प्रवेश गरेकाले चिसो बढ्न सक्ने मौसमविद् विभूति पोखरेलले बताइन् । ‘मुलुकको पश्चिमी क्षेत्रमा पश्चिमी वायु प्रवेश गरेकाले चिसो बढ्ने सम्भावना छ,’ उनले भनिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com