Follow @khasokhasmag

प्रचण्ड पुगे ओली निवास बालकोट, पार्टी एकता र सरकारबारे वानटुवान छलफल


प्रकाशित मिति : पुस १२, २०७४ बुधबार

बहुप्रतिक्षित बन्न पुगेको एमाले अध्यक्ष र माओवादी अध्यक्षबीचको छलफल एक हप्तापछि आज भइरहेको छ ।

गत शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजधानी बाहिर गएपछि दुई अध्यक्षबीच भेटवार्ता हुन सकेको थिएन ।

विभिन्न आशंका बढिरहेका बेला आज केही बेर अघि माओवादी अध्यक्ष प्रचण्ड ओली निवास बालकोट पुगेका छन् ।

प्रचण्डसंगको भेटका लागि ओली प्रतिक्षारत थिए । स्रोतका अनुसार पार्टी एकता र सरकार गठनका विषयमा धेरै अनावश्यक हल्ला चलेकाले आज ठोस निश्कर्ष निकाल्ने प्रयास हुनेछ ।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com