पृथ्वीनारायण शाहको चर्चा: नेपालै नभए हामी नेपाली कहाँ रहौंला ?


प्रकाशित मिति : पुस ११, २०७४ मंगलबार

-प्रदीप परियार थापा मगर

“मेरा साना दु:खले आर्ज्याको मुलुक होइन, यो चार बर्ण छत्तीस जात सबैको साझा फूलबारी हो सबैलाइ चेतना भया” यो अभिव्यक्ती हो- वर्तमान नेपालको एकिकरण अभियन्ता राजा पृथ्बीनारायाण शाहको । आजभन्दा साढे दुई सय वर्श अघी अभिव्यक्त सो उक्तिबाट पृथ्बीनारायाण शाहले गोर्खा राज्यको बिस्तारबाट बन्ने मुलुक सबैको साझा मुलुक बनाउने सपना देखेको बुझिन्छ । पृथ्बीनारायाण शाहले नेपालको बाईसे-चौबिसे राजा रजौटाहरुलाई गोर्खा राज्यको बिस्तारमा गाभ्दै बृहत्तर देश, जुन पछि नेपाल देशको रुपमा कहलिन पुज्ञो, बनाउन थालनी नगरेको भए अहिले हामी नेपाली भनेर चिनिने थियौं होला त ? सन् १९४७ मा भारतले बृटिश राजबाट उन्मुक्ती पाउँदा भारतमा ५६५ राजा रजौटाहरु थिए र स्वतन्त्र भारतको उदयसंगै रजौटा प्रथाको पनि अन्त्य हुन पुगेको ईतिहास बुझ्नेहरुले नेपालमा तत्कालिन बिभिन्न राज्य र रजौटाहरुको अस्तित्वको निरन्तरताको परिकल्पना गर्न सक्दैन ।

पृथ्बीनारायाण शाहले व्यक्त गरेको बिचार “नेपाल दुई देश बिचको तरुल हो” आज पनि सान्दर्भिक छ । त्यतिखेरै भोट र भारतको बृटिश राजको साम्राज्यवादी नितिका कारण नेपाल जोखिममा थियो । संयोग नै मान्नु पर्छ, पृथ्बीनारायाण शाहको अबसान भएको एक वर्श पछि मात्र सन् १७७६ मा अहिलेको अमेरिकाका अभियन्ताहरुले बृटिश साम्राज्यबाट “संयुक्त राज्य अमेरिका” स्वतन्त्र भएको घोशणा गरेका थिए ।

को हुन् पृथ्बीनारायाण शाह ?

पृथ्बीनारायाण शाहका बाजे पृथ्बिपतिका शाहको बिसं १७७३ मा देहाबसान पछि यिनका बुवा नरभूपाल शाह गोर्खा राज्यको राजा भएका थिए । नरभूपालका ४ वटी रानीहरु थिए । जेठी रानी खाँची (हालको अर्घाखाँची) राज्यकी चन्द्रप्रभा नि:सन्तान भैइन् भने माईली रानी पाल्पाली राजा गन्धर्ब सेन मगरकि छोरी कौश्ल्यावतीबाट पृथ्बीनारायण शाह र दलमर्दन शाह जन्मिए । त्यस्तै, साईली रानी पर्वतकी राजकुमारी बुद्धिमतीबाट बृन्दकिशोर शाह र सुरप्रताप शाह जन्मेका थिए भने कान्छी रानी तनहुँका राजा दिग्बन्धन सेनकी छोरी शुभद्रावतीबाट महोमद्दम्कृती साह र दलजित शाह जन्मेका थिए । सबै रानीहरु मध्येबाट जन्मिएका छोराहरुमा सबैभन्दा जेठा भएका कारण पृथ्बीनारायाण शाह राज उत्तराधिकारी युवराज थिए ।

यसरी शुरु भयो गोर्खा राज्यको बिस्तार या नेपाल एकिकरण

हुन त, पृथ्बीनारायण शाहको बुवा नरभूपाल शाहको पालामा पनि गोर्खा राज्यको बिस्तार नथालिएको होइन । सन् १७३७ मा गोर्खा राज्यबाट नुवाकोट राज्यमाथि हमाल गरिएको थियो तर कम्जोर सैन्यबलको कारण गोर्खाली सेनाको शर्मानाक हार भएको थियो । यो पराजयबाट हतोत्साहित हुन पुगेका नरभूपाल शाहले पुन: अर्को हमलाको योजना बनाउनतिर लागेनन् । यसैबिच, नरभूपाल शाहको मृत्यू हुन पुज्ञो र पृथ्बीनारायण शाह सन् १७४३ मा २० वर्शको कलिलो उमेरमै गोर्खा राज्यको राजा बन्न पुगे । आफ्नो बुवाको पालामा हारिएको नुवाकोट राज्य जितेरै छाड्ने पृथ्बीनारायण शाहको अभिस्ट हुनु स्वभाबिक हो तर उनले आफू राजा भए पछि नुवाकोटदेखि धेरै पर काठमाण्डौ उपत्यका भित्रका ४ राज्यहरु जित्ने र जीत पछि गोर्खा राज्यको राजधानी काठ्माण्डौ उपत्यकामा सार्ने निर्णय उनको विस्तारवाद मात्र हैन उनले एउटा एकिकृत देश नेपालको परिकल्पना गरेर अघी बढेका थिए भन्ने प्रमाण पनि हो । पृथ्बीनारायण शाहकै पालामा सन् १७४४ मा नुवाकोट राज्यको बिजयबाट शुरु भएको गोर्खा राज्यको बिस्तार या नेपाल एकिकरण अभियानमा सन् १७६९ सम्म काठमाण्डौं उपत्यकाका ४ राज्यहरु माथि पनि बिजय हाँसिल भयो र एकिकृत राज्यको राजधानी काठ्माण्डौं सारियो ।

सीमानाको बिस्तार, क्रुरता र धोखाघडी

पृथ्बीनारायण शाहको पालामा नेपालको सीमाना पहिलो पल्ट पूर्वमा मेचीको किनारसम्म र पश्चिममा मर्स्याङ्दी नदिसम्म फैलियो । यसै राज्य बिस्तारको क्रममा कृतिपुरका १२ वर्श माथिका पुरुषहरुको नाक काट्न लगाएको र पूर्वका लिम्बूहरुलाई जनै लगाउन जनै उपहार दिएको प्रसंग यहाँ स्मरणीय हुनआउँछ जसले अहिलेको नेपाली समाजलाई तताएको छ । उता सन् १७७४ मा लिम्बुवानका रजौटाहरुसंग लिम्बुवान भू-भोगचलन प्रथा किपट कायम राख्ने सर्त गरी एकिकृत राज्य नेपालमा गाभ्ने सम्झौता भयो जुन प्रथा राजा महेन्द्रको पालामा आएर भुमिसुधारको नाममा खोसियो ।

सन् १७७५ मा पृथ्बीनारायण शाहको निधनपछि यिनका जेठा छोरा प्रतापसिंह शाह राजा भए तर यिनको छिट्टै मृत्यू भए पछि यिनैका नाबालाख छोरा रणबहादुर शाह राजा बनाईए । यि नाबालाख राजाको नायबीभै रानी राजेन्द्र लक्ष्मी देबी र काका बहादुर शाहले पालैपालो राज्यको बाग्डोर सम्हाले र पश्चिमका बाईसेचौबिसे राज्यहरुलाई गोर्खा राज्यमा गाभ्ने काम गरेका थिए । यि नायबी शासकहरुले नेपालको सीमालाई वर्तमान सीमाभन्दा बाहिरसम्म पुर्‍याएका थिए ।भावनात्मक एकिकरणगोर्खा राज्यको बिस्तारबाट वर्तमान नेपाल बन्न पुगेको तथ्यलाई कसैले नकार्न सक्दैन । हरेक देशका राजा महाराजा, शासकहरुले आफ्नो मुलुकको परिकल्पना एउटा शक्तिशाली देशको रुपमा गरेका हुन्छन् । पृथ्वीनारायण शाहले जे जस्तो नियतले गोर्खा राज्यको बिस्तार गर्ने योजना बनाए पनि आफ्नो मुलुक ठूलो र शक्तिशाली बनाउने आकांक्षा राखे र त्यसै महत्वाकांक्षाकै कारण उनी आधुनिक नेपालको अभियन्ता बन्न पुगे ।राज्य निर्माणको क्रममा हुने युद्ध र त्यो क्रममा हुने बलिदान, जनधनको क्षती अत्यन्त मार्मिक, दुखद हुन्छ । यसको ज्वलन्त दिस्टान्त- अमेरिकाको लोकप्रिय १६ औं राश्ट्रपति अब्राहम लिंकनकै शासन काल सन् १८६१-१८६५ मा भएको गृह युद्धमा ६ लाख २० हजारभन्दा धेरै अमेरिकिहरु युद्धमा मारिएका थिए । तर त्यो युद्धले संयुक्त राज्य अमेरिकाको अबधारणालाई अझ मजबुत बनायो भने दास प्रथाको उन्मुलनको शुरुवात गरियो ।पृथ्वीनारायण शाहको पालामा र उनका उत्तराधिकारीहरुको पालामा पनि जनधनको ठूलो क्षती भएको थियो तर परिणाम एउटा सिंगो नेपाल जन्मियो। भूगोलमा नेपाल बन्यो तर बिडम्बना जातीय विभेद एन कानूनबाटै बढावा दिईयो र नेपाली बिचमै बिभाजनको पर्खाल खडा हुन पुज्ञो । अब यो रिती उल्टिनु पर्दछ । समानता र समाबेशीकरण नेपालको मुलमन्त्र हुनु पर्दछ अनि मात्र नेपाली जनता बिच भावनात्मक एकिकरण हुन सक्छ । अमेरिकिहरु गृह युद्धमा होमिएर, लाखौं जनधनको क्षती ब्यहोरेर पनि आज अमेरिका बैभवता र प्रजातन्त्रको लागि बिश्वको अग्रणी मुलुक कहलिन पुगेको छ भने हामी नेपाली पनि नेपाली भनेर एक हुन र नेपाल र नेपालीको बैभवता निर्माण गर्न कुनै ढिलाई गर्नु हुँदैन । नेपालै नभए हामी नेपाली कहाँ रहौंला ?प्रदीप परियार थापा मगर ‘युएस नेपाल अनलाईन डट कम ‘ का प्रधान सम्पादक र “जातीय विभेद र छुवाछुतको अन्त हाम्रै पालामा” (इण्डअफकास्ट डट कम) का अभियन्ता पनि हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com