एकताको गृहकार्यमा वाम गठबन्धनका नेताहरु


प्रकाशित मिति : पुस ११, २०७४ मंगलबार

प्रकाश सिलवाल

एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरु अनौपचारिक र आन्तरिक छलफलमा व्यस्त हुन थालेका छन् ।

दुई वाम दलको चुनावी गठबन्धनले सुविधाजनक बहुमत ल्याएपछि नेताहरुको जिम्मेवारी बाँडफाँड र सैद्धान्तिक आधारका विषयमा फरक फरक धारणा सार्वजनिक भए पनि एकतालाई निष्कर्षमा पुर्याउन दुवै दलका तर्फबाट गृहकार्य जारी देखिएको छ ।

एमाले स्थायी कमिटीका सदस्य शंकर पोखरेलले एकतालाई असफल पार्ने पक्ष लाग्न खोजे पनि पूर्वघोषित सहमतिअनुसार आफूहरुको एकतामा अवरोध उत्पन्न नहुने बताउनुभयो । केन्द्रका नेता दीनानाथ शर्माले पनि एकता हुनेमा शंका गर्नुपर्ने कारण नरहेको स्पष्ट गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको अन्तिम निर्वाचन परिणाम घोषणा हुनै लाग्दा दुई दलबीच नयाँ सरकार गठन र पार्टी एकताको प्रक्रिया शुरु भएको हो । भावी प्रधानमन्त्रीका विषयमा खासै विवाद नभएपनि एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने, नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा पार्टी एकताबारे केही भ्रम र अन्योलसमेत सिर्जना भएको छ ।

मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित गत असोज १७ गते एमाले र केन्द्रले एकता र तालमेलको घोषणा गरेका थिए । दुई दलले पार्टीको साझा दस्तावेज, विधान र संगठनात्मक खाका कोर्न अलगअलग कार्यदल पनि गठन गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको विषय जनताबाट अनुमोदन भइसकेकाले आफूहरु त्यसबाट पछि नफर्कने जनाउँदै आउनुभएको छ ।

उहाँहरुबीच निरन्तर अनौपचारिक संवाद पनि भइरहेको छ । आजै चितवनको कार्यक्रमबाट काठमाडौँ फर्कनुभएका माओवादी केन्द्रका अध्यक्ष दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएपछि चाँडै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ । समितिमा दुवै पार्टीका अध्यक्षसहित शीर्ष नेता सम्मिलित हुनुहुन्छ ।

गत शुक्रबारका लागि तय भएको एकता संयोजन समितिको बैठक त्यसदिन एमाले स्थायी कमिटीको बैठक हुनाका साथै अध्यक्ष दाहाल काठमाडौँ बाहिर रहेकाले हुन सकेको थिएन । एमालेको स्थायी कमिटीले पार्टी एकता र सरकार गठनको कामलाई सँगसँगै अघि बढाउने निर्णय गरेको थियो भने त्यसअघि बसेको केन्द्रको पार्टी केन्द्रीय कार्यालयको बैठकले सरकार गठनभन्दा अघि पार्टी एकतामा जोड दिएको थियो ।

माक्र्सवादी सिद्धान्तलाई पालना गर्दै विसं २००६ वैशाख ९ मा नेपालमा पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो । कम्युनिष्ट पार्टी स्थापना भएदेखि टुटफुट, विभाजन, आरोप–प्रत्यारोप र एकताको शृंखला चल्दै आएको छ ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com