पर्सामा ४८ किलो गाँजासहित दुई जना पक्राउ


प्रकाशित मिति : पुस ११, २०७४ मंगलबार

पुस ११ वीरगन्ज। पर्साको बहुदरामाई नगरपालिकाबाट प्रहरीले छापामारी भारी परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। नगरपालिकाको वडा नं। ९ निवासी जंगबहादुर साह कलवारको घरमा प्रहरी सोमबार अपराहन्न छापामारी खोज तलास गर्दा ४८ किलो गाँजा बरामद भएपछि आवश्यक अनुशन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले गाँजाको कारोवारमा संलग्न रहेको अभियोगमा घर प्रेमप्रकास साह कलवार र शर्मा साह कलवारलाई आवश्यक अनुशन्धानका लागि नियन्त्रणमा लिएको छ। कलवारको घरमा गाँजा भन्डारण गरि राखिएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले कार्यवाही गर्दा गाँजा बरामद भएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जना कलवारलाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराई लागुऔषध ऐन २०३३ अन्तरगत आवश्यक अनुशन्धानका लागि सात दिनको म्याद प्रहरीले बुझेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पक्राउ परेका दुवै जनालाई जिप्रकामा राखी आवश्यक अनुशन्धान भइरहेको प्रहरी नायव उपरिक्षक राजन लिम्बुले जानकारी दिए। छापामारी गर्दा घरधनी जंगबहादुर साह कलवार फरार हुन सफल भएको र उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com