कन्चनको उपलब्धि


प्रकाशित मिति : पुस ११, २०७४ मंगलबार

कन्चन अमात्य अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनद्वारा संचालित क्लिन्टन फाउन्डेसनले प्रेसिडेन्सिएल क्लिन्टन ग्लोबल इनिसिएटिव अनर रोल अवार्ड–२०१७ द्वारा सम्मानित नेपाली चेली हुन् । उक्त सम्मान अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा फाउन्डेसनको १० औँ वार्षिक उत्सवमा गरिएको हो ।

उक्त उत्सवमा ९० देशका झन्डै १ हजार ५ सय नेतृत्वकर्ता भेला भएका थिए । ललितपुर पाटन घर भए पनि हाल अमेरिकामा बसोबास गर्दै आएकी अमात्यले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हित एवं अमेरिकी संसद् प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेससमेत जिम्मेवारी पाएकी थिइन् ।

उनले राष्ट्रपति भवन ह्वाइट हाउसको कार्यालयमा भएको विज्ञान तथा प्रविधि नीति विषयक गोष्ठीमा प्रस्तुतिसमेत दिइसकेकी छिन् । अमात्यले राष्ट्रसंघमा सबैभन्दा युवा महिला प्रतिनिधिको श्रेयसमेत पाएकी छिन् भने राष्ट्रसंघको साधारण सभामा वक्ता बनेर झन्डै ३५ लाख जनसंख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर प्राप्त गरेकी छिन् ।

अमात्यलाई हालसालै २०१७ एभ्रीडे योङ हिरो अवार्डद्वारा समेत पुरस्कृत गरिएको छ । उक्त पुरस्कार प्राप्त गर्ने २५ वर्षमुनिका १ सय जनामध्ये उनी एक हुन् । अमात्यले डिसेम्बर ४ मा वासिङ्टन डिसीमा सम्पन्न विश्व बैंक युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com