विजयमाथीको शंका नै असफलता


प्रकाशित मिति : आश्विन ८, २०७३ शनिबार

प्रसंग नेपोलियन वोनापार्टको हो । एकपटक उनले आफ्नो श्रेष्ठ सेनापतीलाई एक यस्तो युद्ध लड्न भन्दछन् जहाँ विपक्षि सेनाको संख्या तिन गुणा बढी थियो र सेनापती समक्षा उनीहरूको भन्दा तिन गुणा कम सैनिक थिए । युद्धको सुरूवात हुनुपुर्व सेनापती नेपोलियन समक्ष आएर भन्छ, ‘जनरल, विपक्षी सेनाको संख्या हाम्रो भन्दा तीन गुणा बढी छ, हाम्रो तिन गुणा कम, थोरै सैनिकद्वारा युद्ध जित्न मुस्किलप्रायः छ ।’

नेपोलियनले उनीतर्फ हेर्दै जवाफ दिन्छन्, ‘तिमी अहिल्यै हारिसक्यौ सेनापती ! किनभने तिमीले विजयमा शंका गर्यौ । छोड! यो युद्ध म आफै लड्छु किनकी मलाई विश्वास छ म जितेरै छोड्ने छु ।’

र, युद्धको अन्तमा नेपोलियन बोनापार्ट विजयको झण्डा फहराउदै आउदछन् ।

सफलताका उपर शंका गर्नु भनेकै आफूलाई कमजोर तुल्याउनु हो । र, कमजोर व्यक्तीले सफलताको ताज पहिरीन सक्दैन । सफलताका लागि त दृढ विश्वास चाहिन्छ । यसैले नै हर असंभवलाई संभव तुल्याइदिन्छ ।

प्रेरक संसारबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com