अमेरिकाको टेक्सासका एक पुरुषले प्रेमिकाको घरमा पुर्याइदिन भन्दै ९११ मा ५ पटक फोन गरेपछि…
प्रकाशित मिति : मंसिर ५, २०८२ शुक्रबार
अमेरिकाको टेक्सास राज्यको लारेडोमा एक अनौठो घटना सार्वजनिक भएको छ। आफ्नो प्रेमिकाको घरमा जान ९११ मा पाँच पटक फोन गरेपछि लारेडो प्रहरीले ४५ वर्षीय इग्नासियो मार्क्वेज–अकोस्टालाई पक्राउ गरेको हो ।
यो घटना नोभेम्बर ४ कोे हो । मार्क्वेज–अकोस्टाले बारम्बार ९११ मा फोन गरेपछि अधिकारीहरु उनको घरमा पुगेका थिए । अधिकारीहरु घरमा पुग्दा उनी मदिराले लठ्ठ थिए ।
मार्क्वेज–अकोस्टाले बारम्बार फोन गर्नुको कारण उनको प्रेमिकाको सुरक्षाप्रति चिन्ता थियो।
प्रहरीले उनलाई ९११ मा दुरुपयोगपूर्ण फोन गरेको आरोपमा पक्राउ गरेको हो। यो अपराध मिसडिमीनर (सामान्य अपराध) अन्तर्गत पर्छ।
यो घटनाले टेक्सासमा मात्र होइन, सामाजिक सञ्जालमा पनि चर्चा बटुल्दैछ।
कतिपयले यसलाई ‘रोमान्टिक तर नश्लीय शैली’ भनेका छन् भने कतिपयले यसलाई पूर्ण रूपमा अनावश्यक र कानूनी उल्लंघन मानिरहेका छन्।








