अष्ट्रेलियामा नेपाली सामुदायिक भवन बनाउन घलेद्वारा सहयोग


प्रकाशित मिति : पुस १०, २०७४ सोमबार

पुस १० मेलबर्न–अष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवनका लागि गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घलेले दुई लाख ८ सय अठासी डलर प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

‘अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली संस्कृति एवं पहिचानलाई स्थापित गर्न यो सामुदायिक भवनले निकै ठूलो महत्व राख्ने मैले विस्वास लिएको छु । यसले अष्ट्रेलियामा नेपाली समाजको एकता र सम्बृद्धिलाई समेत झल्काउने छु’ , उक्त रकम घोषणा गर्ने क्रममा घलेले भने । सामुदायिक सम्पत्ति सिर्जना गर्ने काममा हरेक व्यक्तिको सकृयता र अपनत्व हुनुपर्छ भन्नेमा आफुले सधै विस्वास राख्ने गरेको भन्दै घलेले गैरआवासीय नेपाली संघको नेतृत्व गर्दा पनि सोही मान्यतालाई स्थापित गरेको बताए ।

सामुदायिक भवन निर्माण गर्न आर्थिक सहयोग जुटाउने उदेश्यले मेलवर्नमा आयोजना गरिएको महापुराण कार्यक्रमको उदघाटनदेखि समापनसम्ममा तीन दिनसम्म गएर महापुराणस्थलमा पुराण श्रवणमा समय दिंदै समापनका दिन आइतबार उनीहरुले सो रकम दान गर्ने घोषणा गरेका हुन् ।

यस अघि सप्ताहको तेश्रो दिन भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन र लक्ष्मी बाट १,००,००० को प्रतिबद्धता जाहेर गरिएको थियो भने त्यसभन्दा अघि अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेण्टरका अध्यक्ष डा चन्द्र दीपक पोखरेलले २६,५०० डलरको प्रतिबद्धता जाहेर गरेका थिए ।

पशुपतिनाथ र स्वयम्भुनाथको मन्दिरसमेत अटाउने गरी बनाउन लागिएको नेपाली सामुदायिक भवन निर्माणका लागि मेलवर्नमा रहेका नेपाली समुदायले सकृयतापूर्वक सहयोग प्रदान गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com