अब कमजोर सरकार बन्दैनःदाहाल


प्रकाशित मिति : पुस ९, २०७४ आईतबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजोको जस्तो कमजोर सरकार अब नबन्ने बताउनु भएको छ ।

उद्योग संघ चितवनले आज जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले भनेर पनि गर्न नपाइने स्थिति अब रहने छैन भन्नुभयो ।

उहाँले भन्नुभयो, “अब बन्ने सरकारले भनेपछि त्यो लागू हुन्छ ।” स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार संयुक्त रुपमा सँगै रहेको भन्दै उहाँले आयात निर्यात सम्बन्धी राष्ट्रका हितविपरित कानुनलाई संशोधन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी सबैले संकल्प गर्न सक्यौँ भने आउने पाँचवर्ष भित्रमै केही न केही आर्थिक क्रान्ति र विकासको मोडल राष्ट्र र दुनियाँको अगाडि राख्न सकिन्छ भन्ने विश्वास छ ।” अहिले नै आफूले बढी भन्न नचाहेको भन्दै उहाँले निजी क्षेत्रका व्यवसायीको मागलाई अब बन्ने सरकारले गम्भीरतापूर्वक लिने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शान्ति, सुशासन र समृद्धिकाबीचमा गहिरो अन्तरसम्बन्ध रहेको भन्दै उहाँले यी तीन वटालाई एक ठाउँमा जोडेर हामीले काम गर्न सक्यौँ भने विकासले तीव्रगति लिने बताउनुभयो ।

कार्यक्रम भईरहेको उद्योग संघ चितवनको अगुवाइमा बन्दै गरेको प्रदर्शनी केन्द्रलाई लक्षित गर्दै उहाँले निजी साझेदारीमा भएका कतिपय काम निकै नमुनायोग्य भएको बताउनुभयो । सो अवसरमा प्रदेश सांसद विजय सुवेदीले देशलाई अब समृद्धितर्फ लैजानुपर्ने बताउनुभयो ।

उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकमा सुशासन भएसँगै समृद्धि आफै हुने बताउनुभयो ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com