लहानमा क्यान्सर अस्पताल बनाइने


प्रकाशित मिति : पुस ९, २०७४ आईतबार

सिरहाको लहानमा क्यान्सर अस्पताल निर्माण गरिने भएको छ ।

लहानमा शनिबार आयोजित नेपाल अर्बुद निवारण संस्थाको २७औँ केन्द्रीयसभाको उद्घाटन कार्यक्रममा सरोकार भएकाहरुले क्यान्सर अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पूर्वाञ्चलमै क्यान्सर अस्पताल नहुँदा अर्बुद रोगी उपचारका लागि चितवन वा काठमाडौं जान बाध्य छन् । नेपाल अर्बुद निवारण संस्था सिरहाको पहलमा लहानमा अस्पताल निर्माण गरिने सर्वपक्षीय सहमतिसमेत भएको छ ।

“लहानमा क्यान्सर अस्पताल निर्माण गर्ने कुरा सकारात्मक हो, अस्पताल निर्माणका लागि म सक्दो सहयोग गर्नेछु”, कार्यक्रममा विविभागीयमन्त्री गिरिराजमणि पोखरेलले भन्नुभएको थियो । कार्यक्रममा लहान नगरपालिकाका प्रमुख मुनि साहले अस्पताल निर्माणका लागि नगरपालिकाका तर्फबाट जग्गा र व्यक्तिगत तर्फबाट आर्थिक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुरारका ग्रुपका सञ्चालक तथा लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालका संस्थापक अशोक मुरारकाले आफ्नो गृह नगरसमेत रहेको लहानमा क्यान्सर अस्पताल निर्माणका लागि सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै नेपाली काँग्रेसका नेता तथा लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालका संस्थापक पदमनारायण चौधरीले अस्पताल निर्माण गर्ने आफूहरुको धेरै पहिलेदेखि नै योजना रहेको बताउँदै निर्माणमा सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बढ्दो विषादीको प्रयोग, अस्वस्थ्य जीवन शैली तथा धूमपान र मद्यपानका कारण वर्षेनी अर्बुद रोगीको सङ्ख्या बढ्दै गए पनि २ नं प्रदेशमा अस्पताल नहुँदा बिरामी मारमा पर्दै गएकाले यहाँ अस्पताल निर्माण आवश्यक रहेको सरोकार भएकाहरुको भनाइ छ । लहानमा क्यान्सर अस्पताल निर्माण भएपछि हौसिएका उद्योगी र समाजसेवीले नेपाल अर्बुद निवारण संस्था सिरहालाई आर्थिक सहयोग हस्तान्तरण गरेकाछन् ।

अस्पताल निर्माणका निम्ति रु एक लाख आर्थिक सहयोग गर्ने उद्योगी राजेन्द्र मुरारका र समाजसेवी मनीष उप्रेतीलाई संस्थाको सदस्यतासमेत प्रदान गरिएको छ ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com