कालिकोट घटनाको छानबिन गर्नु पर्छ – मन्त्री शाही


प्रकाशित मिति : पुस ८, २०७४ शनिबार

विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले शुक्रवार कालिकोटमा १ को मृत्यु र आधा दर्जन म्यादी प्रहरी घाइते भएको घटनाको छानबिन गर्न माग गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्री शाहीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । साथै उनले मृतकको परिवारलाई राहत तथा घाइतेहरुको उपचारको व्यवस्था गर्नसमेत सरकारसमक्ष माग गरेका छन् । ‘यही पुस ७ गतेका दिन कालिकोट जिल्ला सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद् मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, शाहीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘ यो घटना घट्नै नपर्ने घटना हो । यसको कारण पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग गर्दछु ।’

आफ्नो तलब कटाइएको भन्दै कालिकोटका म्यादी प्रहरी आन्दोलनमा उत्रिएपछि शुक्रबार त्यहाँ तनाव भएको थियो । तनाव नियन्त्रणमा लिन प्रहरीले गोली चलाएपछि शान्नी त्रिवेणी गाउँपालिका–५ तिकुवाका १९ वर्षीय म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको थियो भने आधा दर्जन घाइते भएका छन् । प्रहरीले गोली नचलाएको दाबी गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com