छुट्टै प्रदेश बनाएर भएपनि दाङलाई राजधानी बनाउने : महरा


प्रकाशित मिति : पुस ८, २०७४ शनिबार

उपप्रधानमन्त्री एवं माओवादी नेता कृष्णबहादुर महराले दाङ छुट्टै प्रदेश भएर पनि राजधानी बन्नसक्ने बताएका छन् ।

उनले यही संरचनामा नै दाङलाई ५ नं.प्रदेशको राजधानी बनाउने पहिलो प्राथमिकता भएको र त्यसो हुननसके छुट्टै प्रदेश बनाएर पनि राजधानी बन्नसक्ने सम्भावना रहेको बताए ।

उपप्रधानमन्त्री एवं माओवादी नेता कृष्णबहादुर महराले दाङ छुट्टै प्रदेश भएर पनि राजधानी बन्नसक्ने बताएका छन्। शनिबार विहान घोराहीमा पत्रकारहरुसँग कुरा गर्दै महराले यही संरचनामा नै दाङलाई ५ नं. प्रदेशको राजधानी बनाउने पहिलो प्राथमिकता भएको र त्यसो हुननसके छुट्टै प्रदेश बनाएर पनि राजधानी बन्नसक्ने सम्भावना रहेको बताए।

अहिलेको संरचनाबाट नभए रुकुम, रोल्पा, प्यूठान, दाङ, बाँके र बर्दियाको छुट्टै प्रदेश बनाएर दाङलाई राजधानी बनाउन सकिने धारणा महराले व्यक्त गरेका छन्। ‘मतदातासँगको भेटघाटका क्रममा अहिले दाङ राजधानी नभए छुट्टै प्रदेशमार्फत बन्नसक्ने सुझाव आएपछि मैले पनि त्यसबारे सोच्नथालेको छु,’ उनले भने,‘अहिले त यही अबस्थामा नै ५ नं. प्रदेशकै राजधानी बनाउन पहल हुन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुनै कारणबश नभए पछि छुट्टै प्रदेशको विकल्पमा पनि जान सकिन्छ।’जसरी पनि दाङलाई प्रदेश राजधानी बनाउने सवालमा यस्तो विकल्पबारे बहस गर्नसकिने विचार उनले व्यक्त गरे। ‘दाङलाई जसरी पनि प्रदेश राजधानी बनाउने हाम्रो चाहना छ।

सकभर अहिलेकै संरचनामा हुन्छ नभए अर्को प्रदेशमार्फत पनि बनाउन सकिन्छ,’ उनले भने,‘दाङको सम्भावनालाई मर्न नदिन मतदाताको चाहना अनुसार अर्को प्रदेशको बहसमा जान सकिन्छ।’

source: ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com