अमेरिकामा कृषि बाहेकका अस्थायी कामदारको आवेदन कोटा ६ महिनाका लागि पूरा


प्रकाशित मिति : पुस ८, २०७४ शनिबार

अमेरिकामा आर्थिक बर्ष २०१८ को पहिलो आधाका लागि कृषि बाहेकका अस्थायी कामदारको एच टु बी भिसाको आवेदन कोटा पूरा भएको छ । आगामी अप्रिल १, २०१८ देखि काम सुरु हुनेगरी कृषि बाहेकका अस्थायी कामदारका लागि आवेदन कोटा डिसेम्बर १५ मा पूरा भएको हो । डिसेम्बर १५ पछि कृषि बाहेकका अस्थायी कामदार एच टु बीका लागि परेका आवेदन युएससीआईएसले अस्वीकार गर्नेछ ।

अमेरिकी कँग्रेसले कृषिबाहेकका अन्य कामदारका लागि तय गरेको एच टु बी भिसाको कोटा बार्षिक ६६ हजार रहेको छ । त्यसमध्ये अक्टोबर १ देखि मार्च ३१ सम्म काम गर्ने कामदारहरुका लागि ३३ हजार भिसा कोटा तोकिएको छ भने अर्को ६ महिनाका लागि ३३ हजार भिसा कोटा रहेको छ । अमेरिकामा रहेका र भिसा थप्न चाहनेहरु, मात्यकामदार लगायतका लागि भने कोटा लागु नहुने युएससीआईएसले जनाएको छ ।

अमेरिकाले कृषिबाहेकका अन्य क्षेत्रमा कामको भार परेको बखत भार कम गर्न कम्पनीहरुले विदेशी कामदार अस्थायी रुपमा ल्याउनसक्ने गरी एच टु बी भिसाको व्यवस्था गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com