नवौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता शुरु


प्रकाशित मिति : पुस ७, २०७४ शुक्रबार

सदरमुकाम फिदिममा नवौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै नवनिर्वाचित सांसद वसन्तकुमार नेम्बाङले अब बन्ने स्थिर सरकारले खेलकुद क्षेत्रको विकास गर्ने बताउनुभयो । आजै भएको उद्घाटन खेलमा सुनसरी ११ ले डिभाइन ब्जाइज युनियन काठमाडौँलाई ३–० को अन्तरमा पराजित गरेको छ ।

सुनसरीको जीतमा खेल शुरु भएको तेस्रो र ३६ औँ मिनेटमा तीर्थ बस्नेतले दुई गोल तथा ६५ औँ मिनेटमा सौजन याक्खाले एक गोल गरेका थिए । प्रतियोगिताअन्तर्गत शनिबार हुने खेलमा बिर्तामोड युनाइटेड झापा र मिसन युनाइटेड फुटबल क्लब ताप्लेजुङबीच प्रतिष्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष विमल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले रु तीन लाख र उपविजेताले रु दुई लाख हात पार्नेछन् ।

यही पुस १६ गतेसम्म हुने प्रतियोगितामा एपिएफ क्लब काठमाडौँ, यूकेफसी दार्जिलिङ, अग्नि रुपन्देही ११, बिर्तामोड युनाइटेड झापा, मिसन युनाइटेड क्लब ताप्लेजुङ, आयोजक फिदिम स्पोर्टिङ क्लब, त्रिभुवन आर्मी क्लब र मोरङ ११ गरी १० टोली सहभगी छन् ।

RSS

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com