अध्यादेशको विषयमा राष्ट्रपति भण्डारीआश्वस्त


प्रकाशित मिति : पुस ७, २०७४ शुक्रबार

राजनीतिक विवादमा परेको राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेशको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूहरुले आश्वस्त तुल्याएको नेपाली कांग्रेसका नेताले दावी गरेका छन्।

सरकारद्वारा सिफारिस उक्त अध्यादेश लामो समयदेखि राष्ट्रपति कार्यालयमा रोकिएको छ।कांग्रेसले अब अध्यादेश जारी हुने विश्वास व्यक्त गरेको छ।राष्ट्रपति कार्यालयले त्यसबारे केही प्रतिक्रिया सार्वजनिक गरेको छैन।

खासगरी नेकपा एमालेले विरोध जनाइरहेको अध्यादेशलाई लिएर राजनीतिक खिचलो बढ्दै गएपछि राष्ट्रपतिले प्रधानमन्त्री र उनको दलसँग छलफल गरेकी हुन्।प्रधानमन्त्री शेरबहादुर देउवा कानुनमन्त्रीकासाथै पार्टीका नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई लिएर राष्ट्रपतिलाई भेट्न पुगेका थिए।

नेता निधिका अनुसार राष्ट्रपतिले अध्यादेश र सरकार गठनका विभिन्न पक्षबारे जिज्ञासा राखेकी थिइन्।उनले भने, हामीले एक घण्टा लगाएर विस्तृतमा राजनीतिक, कानूनी, संवैधानिक र प्राविधिक पक्षबारे कुरा राख्यौं।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँ आश्वस्त हुनु भएको छ, अब ढिलो गर्नुहुन्न भन्ने विश्वास लागेको छ।अध्यादेश नआए राष्ट्रिय सभा गठन नहुने, राष्ट्रिय सभा बिना प्रतिनिधिसभामा महिलाको प्रतिनिधित्व निर्क्योल गर्न नसकिने र सरकार गठनमा ढिलाई हुने तर्क राख्दै कांग्रेस नेताहरुले आफूहरु गतिरोधको कारक नभएको प्रष्टीकरण दिएका थिए।

त्यो गाँठो खोल्न राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश जारी गरिदिनु पर्ने उनीहरुको आग्रह थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com