ज्येष्ठ नागरिकका लागि न्यानो कपडा खरिदमा भ्रष्टाचार भएको ठहर


प्रकाशित मिति : पुस ७, २०७४ शुक्रबार

????????????????????????????????????

पुस ७ डडेल्धुरा– डडेल्धुराको परशुराम नगरकार्यपालिकाद्वारा गठित छानबिन समितिले ज्येष्ठ नागरिकका लागि न्यानो कपडा खरिद प्रकरणमा आर्थिक अनियमितता भएको ठहर गरेको छ। समितिले उक्त कार्यमा संलग्न दोषीलाई कारबाहीको माग समेत गरेको छ।

परशुराम नगरपालिका कार्यालयले चिसो मौसममा नगर क्षेत्रका ज्येष्ठ नागरिकलाई न्याना कपडा वितरण कार्यक्रम अन्तर्गत कपडा गरिद गरेको थियो। कपडा खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको विषयमा नगर कार्यपालिकाले गठन गरेको छानबिन समितिले पत्रकार सम्मेलन आयोजना गरी अनियमितताबारे जानकारी दिएको हो।

नगर कार्यपालिकाबाट वडाध्यक्ष केशब बोहराको संयोजकत्वमा गठित छानबिन समितिले सार्वजकि गरेको प्रतिवेदनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य र सूचना अधिकृत जगन्नाथ जोशीको मिलोमतोमा ज्येष्ठ नागरिकका लागि न्यानो कपडा खरिदमा आर्थिक अनियमितता र भ्रष्टाचार भएको ठहर गरिएको छ।

बजार दररेटभन्दा झन्डै तेब्बर मूल्यमा न्यानो कपडा खरिद गरिएको र कोटेसन मार्फत खरिद गरिएका कपडा गुणस्तरहीन भएकाले सो कार्यमा संलग्न प्रमुख प्रशासकीय अधिकृतसहित संलग्न कर्मचारीलाई कर्मचारी नियमावली अनुसार कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यालयमा बिल पेस भएपछि पहिलो बिल बराबरको रकम ४ लाख ९३ हजार १९ रुपैयाँ भुक्तानी गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले जानकारी दिए। न्यानो कपडा खरिदको अनियमितताबारे आफू निर्दोष भएको दाबी गरेका छन्।

नगरप्रमुख भीमबहादुर साउदले पहिला पेस गरिएको बिल गलत भएकाले नयाँ बिल पेस गर्न भन्दै दोषीलाई जोगाउन खोजेको छानबिन समितिको आरोप छ।

नगरप्रमुख साउदले भने आफूले दोषीलाई कुनै किसिमको छुटकारा नदिने बताएका छन्। सत्यतथ्य छानबिन गरी कानुनी प्रकृया अनुसार दोषीलाई कारबाही गर्न आफू पछाडि नपर्ने उनको भनाइ छ।

नगरपालिकाले नगर क्षेत्रमा रहेका ८० वर्ष पूरा गरेका ७ सय ५० जना ज्येष्ठ नागरिकका लागि न्यानो कपडा खरिद गर्ने निर्णय गरेको थियो। हरेक ज्येष्ठ नागरिकका लागि स्विटर, टोपी, कम्बल र कम्बलको खोल खरिद गरिएको नगरपालिकाले जनाएको छ। न्यानो कपडा खरिदका लागि कैलालीको धनगढी स्थित एबिआर सप्लायर्सको कोटेसन सदर भएको र सोही सप्लायर्सले कपडा वितरण गरेको नगरपालिकाले जनाएको छ।

गतसाता न्यानो कपडा खरिदमा आर्थिक अनियमितता भएको भन्दै वडास्तरका जनप्रतिनिधिले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यमा अवरोध गरेका थिए।

न्यानो कपडा खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै वडाध्यक्षहरुले कपडा वितरणमै अवरोध गरेपछि नगर कार्यपालिकाको गत आइतबार बसेको बैठकले छानबिन गर्न वार्ड नम्बर ७ का अध्यक्ष बोहराको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

कोटेसन सदर गरिएको सप्लायर्सबाट कुल बजेटको आधा रकमभन्दा बढी अनियमितता गरी गुणस्तरहीन कपडा दोब्बर मूल्यमा खरिद गरिएको आरोप छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com