पुस ७ वीरगंज– नेशनल मेडिकल कलेज, वीरगञ्जबाट हराएकी सुत्केरी महिला बाराको जिल्ला अस्पतालमा फेला परेकी छिन् । सर्लाही कवालावासी घर भएकी २० वर्षीया ललिता देवी बुधबार बेलुका अस्पतालबाट हराएकी थिइन् ।
उनलाई शुक्रबार जिल्ला अस्पताल कलैयामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजन लिम्बुले बताए ।
ललिताले छोरी जन्माएकी थिइन् । छोरी जन्माएकै कारण आफूमाथि परिवारबाट अपहेलना हुने भयले उनी भागेको आशंका गरिएको छ ।
बुधबार राति ११ बजे उनी अस्पतालबाट हराएकी थिइन् । उनी हराएपछि परिवारले खोजी गर्न प्रहरीमा उजुरी गरेका थिए । शुक्रबार उनलाई फेला पारी प्रहरीले परिवारलाई बुझाएको छ। ‘भाग्नुको कारणबारे अनुसन्धान गरिरहेका छौं,’ डिएसपी लिम्बुले भने । ललितादेवी गत २ गते सुत्केरी भएकी थिइन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।