अमेरिकी सुरक्षा रणनीति प्योङयाङ विरुद्ध भएको उत्तरको आरोप
प्रकाशित मिति : पुस ७, २०७४ शुक्रबार
अमेरिकाले सार्वजनिक गरेको सुरक्षा रणनीति प्योङयाङ विरुद्ध भएको उत्तर कोरियाले आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक गरेको सुरक्षा रणनीतिलाई उत्तर कोरियाले आपराधिकको संज्ञा दिएको छ । अमेरिकाले विश्व आफ्नो उपनिवेशका रुपमा सुरक्षा रणनीति सार्वजनिक गरेको उत्तर कोरियाली विदेशमन्त्रालयलाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकी सुरक्षा रणनीति पूर्वाग्रही र भड्काउने बाहेक केही नभएको विदेशमन्त्रालयको भनाई उद्यृत गर्दै उत्तरकोरियाली समाचार संस्था केसिएनएले जनाएको छ । गत सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षा रणनीति सार्वजनिक गर्दै उतरको परमााणु हतियारको चुनौती सामना गर्न वासिङ्टन तयार रहेको बताउनुभएको थियो । उत्तर कोरिया विरुद्ध कडा प्रतिबन्ध लगाउन संयुक्त राष्ट्रसंघ तयार भएपछि अमेरिकाको यस्तो प्रतिक्रिया आएको आकंलन गरिएको छ ।
संयुक्त राष्ट्रसंघ र अमेरिकाले निन्दा गरेपनि उत्तरले परमााणु क्षेप्यास्त्र निरन्तर परीक्षण गरेपछि अमेरिकाले कडा सुरक्षा रणनीति सार्वजनिक गरेको थियो । गत महिना मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले आतंकवादलाई उत्तर कोरियाले बढावा दिएको समेत अरोप लगाउनुभएको थियो । यद्यपि, ट्रम्प प्रशासनले उत्तरसंगको तनाव कम गर्न कुटनीतिक समाधान खोजिरहेको बताएको छ ।





