५० करोड याहु इमेल ह्याक, परिवर्तन गरिहाल्नुहोस् पासवर्ड


प्रकाशित मिति : आश्विन ७, २०७३ शुक्रबार

 

तपाइले याहु एकाउन्ट चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने तपाईको इमेलमा भएको डाटा पनि चोरी भइसकेको हुनसक्छ । किनभने याहुले ५० करोड एकाउन्टका डाटाहरु चोरी भएको निश्चित गरेको छ । साइबर सुरक्षामा यो सबैभन्दा ठूलो चोरी भएको जनाइएको छ ।

याहु कम्पनीले यो चोरी राज्यका तर्फबाट गरिएको दावी गरेकोा छ । चोरी हुनेमा नाम, इमेल ठेगाना, फोन नम्बर, जन्ममिति, पासवर्ड र सेक्युरिटी प्रश्नहरु लगायतका डाटाहरु रहेको याहुले जनाएको छ । याहुले आफ्ना प्रयोगकर्ताहरुलाई तुरुन्तै पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । घटनाबारे एफबीआईले अनुसन्धान गरिरहेको छ ।

एफबीआईएका प्रवक्ताले आफूहरुले यसलाई गम्भीरतापूर्वक लिएको र यस्तो गर्नेका बारेमा पत्ता लगाउने जनाएका छन् । भेराइजन कम्पनीले ४ दशमलव ८३ बिलियन डलरमा याहु किन्न सहमति जनाएको केही दिन अगाडि ह्याक भएको कुरा पहिलोपटक जानकारी गराइएको थियो । अब यो ह्याक याहु र भेराइजन दुबै कम्पनीका लागि टाउको दुखाइको विषय बनेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com