सिरहाको मालपोत कार्यालयमा कुकर बम बिस्फोट, ३ जना घाइते


प्रकाशित मिति : पुस ७, २०७४ शुक्रबार

मालपोत कार्यालय सिरहामा आज दिउसो १ः३५ बजेको समयमा बम बिस्फोट भएको छ । कार्यालयको माथिल्लो कोठामा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बिस्फोटमा परि काम गराउन आएका २ जना र लेखापढी व्यवसायी १ जना घाइते भएका छन् । बिस्फोटमा परि काम गराउन आएका सिरहा नगरपालिका १२ सारस्वरका राजकुमार पासमान र उनका छोरा रोशन पासमान र लेखापढीको काम गर्दै आएका पवन पासमान घाईते भएको छ । गम्भिर घाइते पवनलाई थप उपचारको लागि बिराटनगर पठाएको छ ।

बम बिस्फोटले कार्यालयको झयालका शिशा फुटेको छ । कार्यालय प्रमुख बस्ने कोठाको बाहिरपट्टि राखिएको सोफाको तल प्रेसर कुकुर टाइमर बम बिस्फोट भएको हो । बम बिस्फोट कसले र किन गराएको हाल सम्म कसैले जिम्मा लिएको छैन ।

सदरमुकामको मुख्य र व्यस्त स्थानमा रहेको मालपोत कार्यालयमा दिनदहाडै बिस्फोट हुदा स्थानीय त्रसित भएको छ । मालपोत कार्यालयको छेउमै प्रमुख जिल्ला अधिकारी निवास, जिल्ला अदालत, जिल्ला अस्पताल, नेपाल बैंक लिमिटेड, एन आइसी बैंक, जिल्ला हुलाक कार्यालय, नेपाल रेडक्रस सोसाइटी लगायतका कार्यालयहरु छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com