छुरा प्रहारबाट ठाकुरराम क्याम्पसमा एक विद्यार्थी गम्भीर घाइते
प्रकाशित मिति : पुस ७, २०७४ शुक्रबार
पुस ७, वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा शुक्रबार बिहान बस्ने सिटको विषयमा विवाद हुँदा एक समूहको छुरा प्रहारबाट एक जना विद्यार्थी गम्भीर घाइते भएका छन्। क्याम्पसको व्यवस्थापन संकायको स्नातक तह ९बिबिएस० प्रथम वर्षमा अध्ययनरत वीरगन्ज महानगरपालिका वडा नम्बर २२ सबैठवा घर भएका रोशन यादवलाई शुक्रबार बिहान कक्षा कोठामै सोही क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको एक समूहले छुरा प्रहार गरि घाइते बनाएको हो।
यादवको छातीमा दुर्इ ठाँउमा र बायाँ हातको कुममा एक ठाँउमा छुरा प्रहार भएको पर्साका प्रहरी नायव उपरीक्षक रोशन लिम्बुले बताए। छुरा प्रहारबाट गम्भीर घाइते भएका यादवको वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार भइहेको छ। घटना लगत्तै यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा लगिए पनि त्यहाँ उनको उपचार सम्भव नभएपछि उनलाई वीरगन्जको गण्डक हस्पिटलमा लगिएको थियो। तर गण्डक हस्पिटलमा पनि उपचार सम्भव नभएपछि यादवलाई नेशनल मेडिकल कलेजमा लगिएको हो।
यादवलाई छुरा प्रहार गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन। ‘अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौु, प्रहरी नायव उपरीक्षक लिम्बुले भने,‘ छुरा हान्ने युवाहरुको लगभग पहिचान भइसकेको छ।
बिहीबार बिहान कक्षाकोठाभित्र बस्ने सिटको विषयमा यादव र उनकै सहपाठीहरुबीच विवादले उग्ररुप लिदाँ कुटपिट पनि भएको थियो। बिहीबार भएको झगडामा कुटिएका विधार्थीले नै शुक्रबार बिहान आफनो टोलबाट युवाहरुलाई बोलाएर यादव माथि छुरा हान्न लगाएको आशंका गरिएको छ।
बिहीबार बिहान बेन्चमा बस्ने सिटको बारेमा यादव र अरु केटाहरुबीच विवाद भइ हात हालाहाल हुँदा मैले नै छुट्याइदिएको थिएँु, क्याम्पसका सहप्राध्यापक रोशन लामिछानेले भने,‘ मलार्इ लाग्छ बिहीबार कुटाइ खाएको केटाले नै शुक्रबार आफना सार्थीहरु बोलाएर यो घटना गराएको हुन सक्छ ।
शुक्रबार बिहान सवा सात बजे आफू कार्यालयमा बसिरहेका बेला कक्षा कोठामा होहल्ला भएको सुनेर दौडदै जाँदा पाँच सात जना केटाहरु भाग्दै गरेको र यादव रक्ताम्य भएर बरण्डामा लडेको देखेको लामिछानेले बताए। बरण्डामा रक्ताम्य भएर लडेका यादवलार्इ क्याम्पस नजिकैको नेपाल प्रहरीको स्पेशल टास्क फोर्स ९एसटिएफ० को चौकीबाट गाडी बोलाएर उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाएको लामिछानेले बताए।





