को हुन् ग्रिनकाडै पाउने गरी नोभेम्बरमा भिसा पाउने ५६६ नेपाली ?


प्रकाशित मिति : पुस ७, २०७४ शुक्रबार

नोभेम्बर महिनामा ५६६ जना नेपालीहरुले अमेरिका आउनासाथ ग्रिनकार्ड प्राप्त गर्नेगरी आप्रवासी भिसा प्राप्त गरेका छन् । उनीहरु १९ वटा श्रेणीमा अमेरिकाको आप्रवासी भिसा प्राप्त गर्नेहरु हुन् । अमेरिकी सरकारको विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सले उनीहरुको विवरण सार्वजनिक गरेको छ ।

अमेरिकी नागरिकता पाइसकेका व्यक्तिको श्रीमान् वा श्रीमतिका रुपमा ४८ जना नेपालीहरुले नोभेम्बरमा भिसा पाए भने अमेरिकी नागरिकतापाएका व्यक्तिका छोराछोरी १ जनाले भिसा पाए । डिभी लोटरी परेका १४७, उनीहरुका दम्पत्ति ७७ र ४४ जना छोराछोरीहरुले पनि नोभेम्बरमा नै भिसा पाए । त्यस्तै दक्ष कामदारका रुपमा १ जना, उनका दम्पत्ति १ जना र छोराछोरी २ जनाले पनि नोभेम्बरमा भिसा पाएर अमेरिका आएका छन् ।

त्यस्तै अन्य कामदारका रुपमा पनि १ जना नेपालीले नोभेम्बरमा आप्रवासी भिसा पाएका छन् । अमेरिकी नागरिकका अविवाहित नेपाली छोराछोरीका रुपमा २ जना, एफ ११ भिसावाहकका बच्चाबच्ची १ जना, अमेरिकी ग्रिनकार्ड पाएकाका नेपाली दम्पत्ति ३० जना र उनीहरुका २१ बर्ष नपुगेका छोराछोरी १७ जनाले पनि नोभेम्बरमा भिसा पाए ।

त्यस्तै गिनकार्ड होल्डरका अविवाहित नेपाली छोराछोरी ३ जना, अमेरिकी नागरिकताप्राप्त व्यक्तिका दाजुभाई दिदीबहिनीका छोराछोरी १ जना नेपालीले नोभेम्बरमा अमेरिकाको भिसा पाए । अमेरिकी नागरिकता प्राप्त गरिसकेका २१ बर्ष नाघेका व्यक्तिका ५० जना नेपाली बुबाआमाले पनि नोभेम्बरमा भिसा पाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com