आ. ब. २०१८ सुरु भएको दुई महिनामा ५४० नेपाली डिभीबाट अमेरिका


प्रकाशित मिति : पुस ७, २०७४ शुक्रबार

अमेरिकाको आर्थिक बर्ष २०१८ सुरु भएयता अक्टोबर र नोभेम्बरमामात्र ५४० जना नेपालीहरु डिभी लोटरीमार्फत अमेरिका आएको अमेरिकी सरकारको विदेशमन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । उनीहरु सन् २०१८ का लागि डिभी विजेताहरु हुन् । सन् २०१८ का डिभी विजेताहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गरेका थिए ।

आर्थिक बर्ष सन् २०१८ को पहिलो महिना अक्टोबरमा १५७ जना डिभी पर्ने प्राथमिक विजेताहरु, उनीहरुका दम्पत्ति ७१ जना र बच्चाबच्ची ४४ जना नेपालीहरुले भिसा प्राप्त गरेर अमेरिका आएका थिए । दोश्रो महिना नोभेम्बरमा १४७ जना डिभी पर्ने प्राथमिक विजेता, ७७ जना उनीहरुका दम्पत्ति र ४४ जना उनीहरुका बच्चाबच्ची नेपालीहरुले भिसा पाएर अमेरिका आएका छन् ।

डिसेम्बर महिनामा २ हजार सम्म केसनम्बर हुने डिभी लोटरी विजेता नेपालीहरुलाई भिसा दिइदैछ भने जनवरीमा २६५० सम्म केस नम्बर हुने नेपालीहरुलाई भिसा दिइनेछ । त्यस्तै फरबरीमा भने ३२२५ सम्म केस नम्बर हुने नेपालीहरुलाई मात्र भिसा दिइनेछ । नेपालले डिभी लोटरीमार्फत पाउने बर्षेनी कोटा बढीमा ३५ सयको हाराहारीमा रहेको छ । उक्त कोटा पूरा भइसकेपछि त्यो बर्षका लागि डिभी विजेता थप नेपालीहरुले भिसा पाउने छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com