राष्ट्रपतिबाट अध्यादेश रोक्ने संवैधानिक प्रावधान छैनः निधि


प्रकाशित मिति : पुस ५, २०७४ बुधबार

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रपतिलाई अध्यादेश रोक्ने संवैधानिक प्रावधान नरहेको बताएका छन् ।

रामानन्द युवा क्लबद्वारा आज जनकपुरधाममा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले संविधानले कार्यकारी राष्ट्रपतिको व्यवस्था नगरेको अवस्थामा राष्ट्रपतिले कार्यकारी झै बन्न खोज्नु राष्ट्रमा अन्योल सिर्जना गर्नु भएको बताए ।

सरकारले आमनिर्वाचन पूर्व नै अध्यादेशमार्फत एकल सङ्क्रमणीय पद्धतिका आधारमा राष्ट्रियसभाको निर्वाचन गराउनुपर्छ भनी राष्ट्रपतिसमक्ष विधेयक पेस गरेको अवस्थामा राष्ट्रपतिको भूमिका संवैधानिक प्रावधान अनुरूप नहुनु चिन्ताको विषय भएको उनले बताएका छन् ।

पूर्वउपप्रधानमन्त्री निधिले सत्ता हस्तान्तरणको बाधक प्रधानमन्त्री नभई संवैधानिक प्रक्रिया हो भन्दै यस यथार्थभन्दा विपरित नेकपा (एमाले)का नेताले भ्रम सिर्जना गरिहेको आरोप लगाउँदै आपत्ति जनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com