६९ बर्षका नेपाली विद्यार्थी दुर्गा कामी (११ तस्विर र भिडियो सहित)


प्रकाशित मिति : आश्विन ७, २०७३ शुक्रबार

 

शिक्षा हासिल गर्नलाई उमेरले छेक्दैन । ६९ बर्षका दुर्गा कामीलाई अहिले पनि हाइस्कुलको पढाई सकाउने धोको छ । उनी हाइस्कुलको पढाइ सकाउन हरेक दिन तीन घण्टा हिड्छन् । यी सम्भवत विश्वकै सबैभन्दा धेरै उमेरका हाइस्कुल विद्यार्थी हुन् । उनका सहपाठीहरु उनका नातीनातिना भन्दा पनि कम उमेरका छन् ।

उनका सहपाठी १४ बर्षका सागर थापा भन्छन् सुरुमा त यी बुढा किन स्कुल आएका होलान् जस्तो लाग्थ्यो, तर अहिले उनीसँग पढ्न पाउँदा रमाइलो लाग्छ । सागर अगाडि भन्छन् उनी पढाइमा हामीभन्दा अलिकति कमजोर छन् तरपनि हामीले उनलाई सहयोग गर्दै आएका छौं ।

६९ बर्षका दुर्गा कामी स्याङजाको श्री काला भैरव उच्च माध्यामिक विद्यालयमा अध्ययनरत छन् । जवान हँुदा पढ्न नपाएको शौख पूरा गर्न उनी हरेक दिन तीन घण्टा हिंडेर स्कुल जाने गर्छन् । भविश्यमा उनको लक्ष्य विद्यालयमा शिक्षक हुने रहेको छ ।

रोयटर्सका लागि नभेश चित्रकारले खिचेका र हफिंटन पोष्टबाट साभार गरिएका केही तस्विरहरु ।

http-%2f%2fi-huffpost-com%2fgen%2f4424792%2fimages%2fn-durga-kami-628x314 slide_493476_6816902_compressed slide_493476_6816906_compressed slide_493476_6816908_compressed

slide_493476_6816910_compressed slide_493476_6816912_compressed slide_493476_6816914_compressed slide_493476_6816916_compressed slide_493476_6816918_compressed slide_493476_6816920_compressed

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com