एमालेबाट समानुपातिकमा ४१ जना को–को बन्दैछन् सांसद (नाम सहित)


प्रकाशित मिति : ४ पुस २०७४, मंगलबार

एमाले प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ गरी एकसय २१ सिट जित्दै पहिलो दल बनेको छ । एकसय २१ सिटको एक तिहाई ४० जना महिला एमालेबाट संसदमा निर्वाचित हुनै पर्छ ।

एमालेबाट झापा–२ मा पवित्रा खरेल र स्याङ्जा–१ बाट पद्मा अर्यालले मात्र चुनाव जितेकाले थप ३८ जना समानुपातिकबाट चयन गर्नुपर्छ ।

जसले गर्दा एमालेको समानुपातिकको बन्द सूचिमा भएका जम्मा ३ जना पुरुषले मात्र सांसद बन्ने अवसर पाउने भएका छन् । तीनजना पुरुष छनौट गर्दा सातवटै कल्स्टरको पहिलो नम्बरमा रहेका उम्मेदवार मध्येबाट छनौट हुनेछन् ।

जहाँ खस आर्यको पहिलो नम्बरमा रहेका मुकुन्द न्यौपाने, आदिवासी जनजाती कोटाको पहिलो नम्बरमा रहेका विजय सुब्बा, थारु कोटाको पहिलो नम्बरमा रहेका मझिलाल थारु, दलितको पहिलो नम्बरमा रहेका रामप्रित पासवान, मधेसी कोटाको पहिलो नम्बरमा रहेका मोतिलाल दुगड, मुस्लिम कोटाको पहिलो नम्बरमा रहेका समिम मियाँ अन्सारी र पीछडिएको क्षेत्रको पहिलो नम्बरमा मोहन बानियाँ रहनुभएको छ ।

एमाले स्रोतका अनुसार न्यौपाने, सुब्बा, पासवान र दुगडमध्ये तीनजनालाई पार्टीले चयन गर्ने संभावना बढी छ ।

त्यस्तै ३८ जना महिलाको छनौट पनि यही सूत्रका आधारमा हुनेछ । जसअनुसार आदिवासी जनजातिबाट ११ जना महिला पठाउनुपर्छ । एमालेले बुझाएको बन्द सूचिको महिला क्रमसंख्या ११ सम्मका उम्मेदवार निर्वाचित गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएकाले थममाया थापा मगर, डा. शिवमाया तुम्बाहाम्झे, सुजिता शाक्य, रामकुमार झाँक्री, बिना श्रेष्ठ, तुलसी थापा, नविना लामा, शान्तिमाया तामाङ, कुमारी मेचे, विनादेवी बूढाथोकी मगर, रणकुमारी बलमपाकी मगर चुनिने छन् । सुजिता शाक्य एमाले सचिव शंखर पोखरेल र विना श्रेष्ठ नेता कृष्णगोपाल श्रेष्ठकी श्रीमती हुनुहुन्छ ।

त्यस्तै खस आर्यबाट राधा ज्ञावली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणीकुमारी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मेनाकुमारी भण्डारी, तर्था गौतम र शर्मिला कार्की निर्वाचित हुनेछन् ।

त्यस्तै थारु कोटाबाट एमालेले दुईजना महिला निर्वाचित गर्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महिलातर्फ पहिलो नम्बरमा रहेकी शान्ता चौधरी र दोस्रो नम्बरमा रहेकी लक्ष्मीकुमार चौधरीले मात्र सांसद बन्ने अवसर पाएका छन् ।

दलित कोटाबाट एमालेले पाँचजना महिला पठाउनुपर्छ । बन्द सूचिको क्रमसंख्या पाँचसम्म रहेका निरादेवी जैर, विमला विश्वकर्मा, विमला विक, पार्वतीकुमारी विसुङ्गे र सानु शिवाले सांसद बन्ने निश्चित भएको छ ।

एमालेले मधेसी कोटाबाट ६ जना महिला निर्वाचित गर्नुपर्छ । यो कोटाबाट जुलीकुमारी महतो, डा. पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, रेखाकुमारी झा, सिरताकुमारी गिरी र सीता यादव निर्वाचित गर्नुपर्छ ।

यस्तै मुस्लिम कल्स्टरबाट दुईजना मात्र महिलाले अवसर पाउनेछन् । कालिला खान र समिना हुसेन सांसद बन्नेछन् । पीछडिएको कोटाबाट पनि दुई जना मात्र महिला सांसद बन्नेछन् । एमालेले निर्वाचन आयोगमा बुझाएको बन्द सूचिअनुसार आशाकुमारी विक पीछडिएको क्षेत्रबाट सांसद बन्नुहुनेछ । बन्द सूचिमा पीछडिएको क्षेत्रबाट दोस्रो महिलाको बनाम उल्लेख नभए पनि त्यसै कल्टरबाट अर्की महिला निर्वाचित हुनेछन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com