पुस २७ देखि आठौं पोखरा महोत्सव हुने, दुई लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

पोखराको अमरसिंहचौरमा यही पुस २७ देखि माघ ८ गतेसम्म आठौं पोखरा महोत्सव हुने भएको छ ।

युनाइटेड क्लब पोखराको आयोजनामा हुने सो महोत्सव सफल वनाउन क्लवका अध्यक्ष सुक वहादुर गुरुङको संयोजकत्वमा मूल समिति र विभिन्न उप–समितिहरु गठन गरिएको छ ।

देशको कला, संस्कृति, भेषभूषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकूद तथा पर्यटनको विकासवाट देशलाई संवृद्धितर्फअग्रसर गराउने महोत्सवको उद्देश्य रहेको छ ।

त्यस्तै यस क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण, कलाकारहरुको प्रतिभा प्रष्फुटन एवं पोखरा र आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने महोत्सवको लक्ष रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महोत्सवमा विभिन्न जातजातिको कला, संस्कृति, औद्योगिक उत्पादनहरुको प्रदर्शनी तथा विक्री, हस्तकलाका सामान, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका उपभोग्य वस्तुहरुको प्रदर्शनी, सूचना प्रविधि र व्यवसायिक संघसंस्थाहरुको सेवाको बारेमा समेत जानकारी गराइनेछ ।

दुई लाख ५० हजार दर्शकले मेलाको अवलोकन गर्ने लक्ष राखिएको छ । १२ दिनसम्म चल्ने सो महोत्सवमा रु एक करोड १४ लाख आम्दानी र रु ७९ लाख खर्च भई रु ३५ लाख आम्दानी हुने अनुमान गरिएको क्लवका महासचिव राजु श्रेष्ठले जानकारी गराउनुभयो ।

महोत्सवमा सर्वसाधारणलाई रु ८०, विद्यार्थीहरुलाई रु ६० तथा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला र सुरक्षा निकायलाई निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको छ ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com