कागजपत्रविहिनलाई काममा राख्ने रोजगारदातामाथि अध्यागमनको नजर


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजपत्रविहिनलाई काममा लगाउने रोजगारदाताहरुलाई लक्ष्यित गरेर अनुसन्धान सुरु गरेको छ । टेनेसीको अमेरिकी अटोर्नी अफिस र इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसमार्फत संघीय सरकारले टेनेसीको एउटा कम्पनीमा २० जना कागजपत्रविहिनहरुले नक्कली कागजपत्र बनाएर काम गरेका पत्ता लगाएको हो । एजेन्सीमार्फत काममा राखिएका ती व्यक्तिहरु एक्स्पोडाइटर इन्टरनेशनल नामको कम्पनीमा कार्यरत थिए ।

आइसका अधिकारीले यो मामलालाई गम्भिरताका साथ हेरेको र कागजपत्रविहिनहरुलाई मेम्फिस अन्तर्राष्ट्रिय विमानस्थलको संवेदनशिल क्षेत्रहरुमा पनि पुगेको बताएका छन् । टेनेसीमा यस्ता प्रकारका आपराधिक गतिविधिबारे सन् २०१८ भर आफूहरुले कडा प्रकारको अनुसन्धान गर्ने टेनेसीको पश्चिम जिल्लाका युएस एटोर्नी माइकल डुनाभेन्टले जनाएका छन् । आफूहरुले काम गर्ने र काममा लगाउने दुबैमाथि निगरानी बढाउने उनले बताएका छन् ।

काम गर्ने कागजपत्रविहिनहरुले नक्कली वर्क परमिट बनाएर काम गरेको पत्ता लागेको हो । आइसले सन् २०१८ मा अन्य राज्यहरुमा पनि कागजपत्रविहिनहरुलाई काममा लगाउनेमाथि कारवाही तीब्र पार्ने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com