यस्तो छ डिभी खारेज गरेर ट्रम्पले ल्याउन चाहेको कानुन, योग्यता जाँच्नुहोस् यसरी


प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी लोटरी खारेज गरेर ल्याउन चाहेको प्रणालीबाट प्वाइन्ट सिस्टमका आधारमा योग्य १ लाख ४० हजारले बर्षेनी ग्रिनकार्ड प्राप्त गर्नेछन् । तर त्यो प्रणाली लागु हुनका लागि सदनबाट विधेयक पारित हुन जरुरी छ । अमेरिकन इमिग्रेशन फर स्ट्रोंग इम्प्लोइमेन्ट नाम दिइएको यो विधयेक पारित भएमा रोजगारमा आधारित अन्य ग्रिनकार्ड प्रणाली विस्थापित हुनेछ ।

विधयेक पारित भएमा क्यानडा र अष्ट्रेलियाले अपनाएको जस्तै प्वाइन्ट सिस्टममा भाषा, शिक्षा र योग्यताका आधारमा ग्रिनकार्ड प्रदान गरिनेछ । यो प्रणालीले अमेरिकी अर्थतन्त्रमा योगदान दिनसक्नेलाई प्राथमिकता दिनेछ । आवेदकले शिक्षा, भाषा क्षमता, उच्च तलब पाउने जागिरको अफर, उमेर, अति दक्ष उपलब्धीको रेकर्ड लगायतका आधारमा प्वाइन्ट प्राप्त गर्नेछन् ।

निश्चित प्वाइन्ट प्राप्त गर्ने १ लाख ४० हजारले बर्षेनी यो ग्रिनकार्ड प्राप्त गर्नेछन् । यसरी प्वाइन्ट सिस्टमबाट रोजगारमा आधारित भिसा पाउनका लागि आवेदकले कम्तीमा ३० प्वाइन्ट प्राप्त गर्नुपर्नेछ । युएससीआईएसले त्यस्तो आवेदनका लागि आब्हान गर्नेछ ।

योग्यताको आधारमा ग्रिनकार्ड दिने  विधयेक पारित भएमा हरेक बर्ष १ लाख ४० हजारसम्म आप्रवासीहरुले प्वाइन्ट सिस्टमबाट ग्रिनकार्ड प्राप्त गर्न सक्नेछन् । कुल ३० प्वाइन्ट पुर्याउने आवेदकहरु यसका लागि आवेदन दिन योग्य हुनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसरी गरिनेछ प्वाइन्टको हिसाब

उमेर

१८ देखि २१ बर्ष  : ६ प्वाइन्ट
२२ देखि २५ बर्ष  : ८ प्वाइन्ट
२६ देखि ३० बर्ष :  १० प्वाइन्ट
३१ देखि ३५ बर्ष :  ८ प्वाइन्ट
३६ देखि ४० बर्ष : ६ प्वाइन्ट
४१ देखि ४५ बर्ष : ४ प्वाइन्ट
४६ देखि ५० बर्ष : २ प्वाइन्ट

शिक्षा

अमेरिका वा विदेशी हाइस्कुल : १ प्वाइन्ट
विदेशी ब्याचलर डिग्री : ५ प्वाइन्ट
अमेरिकी ब्याचलर डिग्री : ६ प्वाइन्ट
विदेशी मास्टर डिग्री : ७ प्वाइन्ट
अमेरिकी मास्टर डिग्री : ८ प्वाइन्ट
विदेशी पीचडी : १० प्वाइन्ट
अमेरिकी पीएचडी : १३ प्वाइन्ट

अँग्रेजी भाषा योग्यता

६ देखि ७ को लाइनमा स्कोर : ६ प्वाइन्ट
८ को लाइनमा स्कोर : १० प्वाइन्ट
९ को लाइनमा स्कोर : ११ प्वाइन्ट
१० को लाइनमा स्कोर : १२ प्वाइन्ट


अन्य उपलब्धी

नोबल र अन्य त्यो स्तरका पुरस्कार: २५ प्वाइन्ट
ओलम्पिक मेडल वा अन्य अन्तर्राष्ट्रिय खेलमा पहिलो पुरस्कार : १५ प्वाइन्ट

जागिरको अफर

अमेरिकाको मध्यम आयभन्दा १५० प्रतिशतदेखि २०० प्रतिशतसम्म धेरै तलब तलब : ५ प्वाइन्ट

२०० प्रतिशतदेखि ३०० सम्म : ८ प्वाइन्ट

३०० प्रतिशतभन्दा माथि  : १३ प्वाइन्ट

(सन् २०१४ को तथ्यांक अनुशार अमेरिकाको मध्यम पारिवारिक आम्दानी ५१ हजार ९३९ डलर रहेको छ । )

लगानी

१३ लाख ५० हजार अमेरिकी डलर लगानी : ६ प्वाइन्ट
१८ लाख अमेरिकी डलर लगानी : १२ प्वाइन्ट

त्यस्तै ब्याचलरभन्दा माथिको डिग्री नगरेका र कामको अफर नपाएकाहरु आवेदनका लागि स्वत अयोग्य हुनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com