हुस्सु र मौसमको असर तराईका विमान प्रभावित


प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

पुस ३ बाक्लो हुस्सु र प्रतिकुल मौसमका कारण आन्तरिक सेवातर्फका अधिकांश उडान छोटो अवधिमा यात्रुलाई गन्तव्यमा पुर्याउने हवाई सेवा केही दिनयता प्रभावित बन्न थालेका छन्।

त्रिभुवन विमानस्थल कार्यालयअनुसार बढ्दो चिसोका कारण लागेको तुवाँलो र बाक्लो हुस्सुका कारण पूर्वदेखि पश्चिम तराईका अधिकांश आन्तरिक विमानस्थलको सेवा प्रभावित बन्न पुगेको हो।

हवाई उडानका लागि पर्याप्त भिजिविलिटीको अभावमा हिमाली र पहाडी भेगबाहेक भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलको उडान प्रभावित बनेको विभागले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com