२२ हजार ३ सय ९० नेपालीले दिए अमेरिकी कामदार भिसाको आवेदन


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

अमेरिकाको कामदार भिसा एचवान बीका लागि आवेदन दिनेमा नेपालीहरु टप ट्वान्टीमा परेको रिपोर्ट युएससीआईएसले सार्वजनिक गरेको छ । रिपोर्ट अनुशार अमेरिकाको कामदार भिसाका लागि आवेदन दिनेमा १२ औं नम्बरमा नेपालीहरु रहेका छन् ।

विश्वभरबाट यो भिसाका लागि आवेदन दिनेमा भारतीयहरु सबैभन्दा अगाडि रहेका छन् भने नेपालीहरु पनि अग्रपंक्तिमा नै देखिएका छन् । सन् २००७ देखि सन् २०१७ सम्मको तथ्यांक हेर्दा १० बर्षमा कुल २२ हजार ३ सय ९० नेपालीहरुले एचवान बी भिसाका लागि आवेदन दिएका छन् ।

सन् २००७ मा २७७५, सन् २००८ मा २५३८, सन् २००९ मा २७२४, सन् २०१० मा २४६७, सन् २०११ मा २१६९, सन् २०१२ मा २०६६, सन् २०१३ मा १७८८, सन् २०१४ मा १५९८, सन् २०१५ मा १५१२, सन् २०१६ मा १५०४ र सन् २०१७ को जुनसम्ममा १२४९ नेपालीहरुका तर्फबाट एचवान बी भिसा आवेदन परेको थियो ।

सन् २०१७ मा परेका कुल ३ लाख ३६ हजार १ सय ७ आवेदनहरुमध्ये युएससीआईएसले १ लाख ९७ हजार १ सय २९ आवेदन स्वीकृत गरेको थियो । आवेदन दिनेमा जापान, टर्की , जर्मनी लगायतका मुलुकका तुलनामा नेपालीहरु अगाडि छन् भने विश्वभा भारत पहिले, चीन दोश्रो, फिलिपिन्स तेश्रो र साउथ कोरिया चौथो नम्बरमा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाको अध्यागमन र राष्ट्रियता ऐनले अमेरिकामा रहेका रोजगारदाताले विदेशी कामदार राख्न पाउनेगरी एचवान बी भिसाको व्यवस्था गरेको छ ।

यो भिसा कसले फाइल गर्न मिल्छ ? कसरी फाइल गर्न सकिन्छ ? यसबारेमा बिस्तारमा जान्न यो लिंकमा क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com