प्रदेश नम्बर ५ को केन्द्र बुटवल कि दाङ ?


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

बुटवल, १ पुस ।
५ नम्बर प्रदेशको केन्द्र दाङ वा बुटवल भन्दै दोहोरी चलिरहेका बेला अस्थायी प्रदेशको पुर्वाधार अध्ययन गर्न गठीत टोलिले केन्द्र स्थापनाकालागि आवश्यक पुर्वाधार बुटवलले पुरा गर्न सक्ने निश्कर्ष निकालेको छ ।
यतिबेला प्रदेशको केन्द्र दाङ वा बुटवल बनाउने भन्ने बिषयमा दलका नेताहरुमा बहस चलिरहेको छ । प्रदेशसभार प्रतिनिधिसभा निर्वाचनबाट सबै भन्दा ठूलो दल बन्न सफल एमालेले त बुटवल र दाङ प्रदेशको केन्द्र बनाउने बिषयमा छुट्टाछुट्टै घोषणापत्र नै बनाएर बहस चलाएको छ । एमाले नेता शंकर पाखरेलले दाङलाई केन्द्र बनाउने घोषणा गर्दै चुनाव जितेकाछन् भने एमाले उपमहासचिव बिष्णु पौडेलले पनि आफ्नो प्रतिबद्धतापत्रमा बुटवललाई प्रदेशको केन्द्र बनाउने उल्लेख गरेकाछन् । सबै मतदाताहरुलाई भने केन्द्र कहां रहला भन्ने जिज्ञासा रहंदै आएको छ । प्रदेश केन्द्रका बिषयमा माओबादी केन्द्र दाङ प्रति नरम देखिएको छ भने नेपाली कांग्रेसले आफुलाई ततस्थ राखेको छ ।
दलहरुका बिच छलफल चलिरहेकै बेला प्रदेशको संसद बस्न र तत्कालिन कार्यहरु गर्न आवश्यक पुर्वाधार अध्ययन गर्न गठित एक टोलिले बुटवलमा केन्द्रका लागि आवश्यक सबै पुर्वाधारहरु बुटवलबाट परिपुर्ति हुने निश्कर्ष निकालेको छ । तत्कालीन पश्चिमाञ्चल बिकास क्षेत्रका क्षेत्रीय प्रशासकको संयोजकत्वमा गठीत टोलिले बुटवलका बिभीन्न स्थानहरुको अवलोकन गरेपछि बुटवलले प्रदेश केन्द्रका लागि चाहिने सबै पुर्वाधार बुटवलमा रहेको निश्कर्ष निकालेको हो ।
टोलिको नेतृत्व गर्दै शुक्रबारदेखि बुटवलमा रहेको टोलिका संयोजक क्षेत्रिय उपप्रशासक बाबुराम गौतमले बुटवलमा आवश्यक सबै पुर्वाधार तयार रहेको बताउंछन् ।
मंन्त्रालयहरुदेखि मुख्य मन्त्री, प्रदेश गभर्नर, मन्त्री निवास र संसद भवन जस्ता सबै पुर्वाधार बुटवलमा उपलब्ध रहेको टोलिको निश्कर्ष छ । टोलिसंगै आएका अध्ययन टोलिका सदस्य सचिव तथा भवन डिभिजन कार्यालयका डीई सुरेश ठाकुर पुर्वाधारका दृष्टिकोणले बुटवलमा सबै पुर्वाधार तयार रहेपनि केन्द्र तोक्ने काम भने सरकारले गर्ने बताउंछन् ।
यद्देपी सरकारले सम्भाब्यता अध्ययन गर्न क्षेत्रिय प्रशासन कार्यालय पोखराको टोलिलाई बुटवल पठाएको छ भने सुर्खेतको टोलिलाई दाङ पठाएको छ । दुबै टोलिको प्रतिबेदन अध्ययन गरेपछि मात्र सरकारले प्रदेशको केन्द्र तोक्ने अनुमान गरिएको छ ।
प्रदेशको केन्द्र बुटवलमा बनाउनुपर्ने भन्दै यसअघि नै बुटवलका पेशागतसञ्जालहरुले लबिङ सुरु गरिसकेकाछन् । बुटवलमा प्रदेशकेन्द्र रहे बुटवल उद्योग बाणिज्य संघ प्रदेश संसदका लागि सभाकक्ष दिन तयार भएको छ भने रुपन्देही उद्योगसंघले पनि प्रदेश केन्द्रको सचिवालय बनाउन भवन उपलब्ध गराउन तयार देखिएको छ ।
प्रदेशको केन्द्र आकाशबाट हेरिने भुगोलका आधारमा होईन त्यस क्षेत्रका जनताको सहज पहुंचलाई आधार बनाउंदै निर्धारण गर्नु पर्दछ । बिगतमा तत्कादिन राजा महेन्द्रले बनाएको बिकास क्षेत्रका सदरमुकामहरु जस्तै बेकामी केन्द्र प्रदेश केन्द्रहरुको हुनु हुदैन । त्यसैले सरकारले प्रदेश केन्द्रको निर्धारण गर्दा राजनितीक जोडघटाउ भन्दा जनताको सहज उपस्थितीलाई आधार बनाउनु पर्दछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com